close

५० लाख पुग्यो एनसेलको एप डाउनलोड

टेकपाना टेकपाना

साउन १९, २०७९ १८:१२

५० लाख पुग्यो एनसेलको एप डाउनलोड

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटाको मोबाइल एप डाउनलोड संख्या ५० लाख नाघेको छ । ग्राहकलाई सहज रुपमा मोबाइलबाटै विभिन्न सेवा प्रदान गर्न कम्पनीले एन्ड्रोइड र आईओएस प्लेटफर्ममा एप उपलब्ध गराउँदै आएको छ ।

सन् २०१४ देखि २०१९ सम्म कम्पनीको एप १० लाखको हारहारीमा मात्रै डाउनलोड भएको थियो । पछिल्लो तीन वर्षको अवधिमा भने ४० लाख भन्दा बढीले एप डाउनलोड भएको छ ।

कम्पनीले सन् २०२१ देखि विविध थप सुविधासहित एपको नयाँ संस्करण सञ्चालनमा ल्याएका थियो । यसपछि एप प्रयोगकर्ता उल्लेख्य बढेका छन् ।

कम्पनीले एपबाटै विभिन्न भुक्तानी सेवा प्रदायकको नेटवर्क भएर सिधै रिचार्ज गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ ।

हाल एनसेलको एपमार्फत ईसेवा, खल्ती, भिसा कार्ड, कनेक्ट आईपीएस, प्रभु पे, आईएमई पे प्रयोग गरेर रिचार्ज गर्न सकिन्छ । त्यस्तै एपबाटै आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु लिन सकिन्छ ।

एपले प्रयोगकर्तालाई सुहाँउदो सेवा, सुविधाहरुको सुझावसमेत दिन्छ । साथै ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको ‘शप’ आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिनसक्छन् ।

एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका काम गर्नसक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि छ ।

एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्नसक्ने सुविधा पनि छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३