close

भदौ २ गते सार्वजनिक हुँदै रियलमीको सस्तो फाइभजी स्मार्टफोन

टेकपाना टेकपाना

साउन २१, २०७९ १६:१०

भदौ २ गते सार्वजनिक हुँदै रियलमीको सस्तो फाइभजी स्मार्टफोन

काठमाडौं । यही जनवरीमा रियलमीले स्न्यापड्रागन ६८० एसओसी प्रोसेसरसहितको रियलमी ९आईको फोरजी संस्करण सार्वजनिक गरेको थियो । यसको सात महिना पनि नबित्दै कम्प‍नीले सोही मोडेलको फाइभजी भर्सन पनि ल्याउन लागेकाे छ ।

कम्पनीले यही अगस्ट १८ अर्थात् भदौ २ गते रियलमी ९आई फाइभजी सार्वजनिक गर्न लागेकाे हाे । ‘द फाइभजी रकस्टार’ ट्यागलाइन सहित कम्पनीले ९आईको फाइभजी भर्सनको प्रचार गरिरहेको छ ।

यो फोनमा डाइमेन्सिटी ८१० चिप प्रयोग भएको बताइएको छ भने फोनलाई पहिलेको भन्दा फ्ल्याट डिजाइन दिइएको छ । पावर बटन पनि फोनको दायाँतिर हुनेछ ।

मुख्य क्यामेरा भने फ्ल्याट छैन । अर्थात् मुख्य क्यामेराको भाग थोरै उठेको छ । यो फोनको मूल्य करिब २४ हजार नेपाली रुपैयाँ हुने अनुमान छ ।

फोनको विषयमा थप विवरण भने आउन बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३