ट्रेन्डिङ:
महिलाहरूलाई फेसबुक मेसेञ्जरमा भिडिओ कल गर्दै आफ्नो नग्न शरीर देखाउने युवक पक्राउ एकै दिन ५० हजार बढीले किने दराजको सामान एनसेलको नयाँ वर्ष अफर, ४९९ रुपैयाँमा २० जीबी डेटा कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? शेर्पा भाषा सिक्न सघाउने एप सार्वजनिक हुँदै नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा फेसबुकका अनावश्यक पोस्टबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा चार्जरमा युरोपलाई पछ्याउँदै भारत, सबै डिभाइसमा टाइप–सी पोर्ट अनिवार्य गरिँदै प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने
close

महिलाहरूलाई फेसबुक मेसेञ्जरमा भिडिओ कल गर्दै आफ्नो नग्न शरीर देखाउने युवक पक्राउ

टेकपाना टेकपाना

साउन २२, २०७९

महिलाहरूलाई फेसबुक मेसेञ्जरमा भिडिओ कल गर्दै आफ्नो नग्न शरीर देखाउने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई आफ्नो नग्न शरीर एवं अन्य याैनजन्य सामग्री देखाई हैरानी दिएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकुका २९ वर्षीय मोहन कुँवर रहेका छन् ।

फेसबुकमा उनले महिलाको नाममा नक्कली अकाउन्ट बनाई विभिन्न व्यक्ति (महिला)लाई फ्रेन्ड रिक्वेस्ट पठाउने र भिडिओ कल गरी आफ्नो नग्न शरीर र यौनजन्य सामग्री प्रदर्शन गरेको पाइएकाे साइबर ब्यूराेले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गे, कपिलवस्तुको सहयोगमा कुँवरलाई गत बिहीबार पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा आवश्यक अनसुन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपतिकुमार रायले बताए ।