close

भायनेटको नयाँ शाखा विस्तार, अल्ट्रा-फाई प्याकेजमा ४ महिनासम्म ‘फ्री ओपनिङ अफर’

टेकपाना टेकपाना

साउन २३, २०७९ १६:२६

भायनेटको नयाँ शाखा विस्तार, अल्ट्रा-फाई प्याकेजमा ४ महिनासम्म ‘फ्री ओपनिङ अफर’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले बाराकाे परवानीपुर र सिमरामा शाखा विस्तार गरेको छ ।

व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको भायनेटले सेवा विस्तारको क्रममा यी दुई ठाउँमा शाखा विस्तार गरेकाे हाे ।

योसँगै परवानीपुर र सिमराका सर्वसाधारण पनि इन्टरनेट सेवाबाट लाभान्वित हुने भायनेटले जनाएकाे छ ।

सेवा विस्तारकाे अवसरमा कम्पनीले आफ्नो अल्ट्रा-फाई प्याकेजमा चार महिनासम्मको ‘फ्री ओपनिङ अफर’ उपलब्ध गराएको छ ।

साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाई-फाई डिभाइस र भायटिभीको प्राइमरी सेटटप बक्स इन्स्टलेसन पनि निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याएको छ ।

भायनेट सिमराको सर्भिस सेन्टर सिमरा बिजनेस सेन्टरको पहिलो तल्लामा खोलिएको छ । त्यस्तै परवानीपुर सर्भिस सेन्टर भने परवानीपुर राजमार्ग छेउको निराधान माईक्रोफाइनेन्स नजिक खाेलिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३