close

गुगल क्रोममा वेबसाइटको नोटिफिकेसनबाट दिक्क हुनुहुन्छ ? यस्तो छ म्युट गर्ने तरिका

टेकपाना टेकपाना

साउन २४, २०७९ ९:९

गुगल क्रोममा वेबसाइटको नोटिफिकेसनबाट दिक्क हुनुहुन्छ ? यस्तो छ म्युट गर्ने तरिका

काठमाडौं । गुगल क्रोम विश्वभर सर्वाधिक प्रयोग हुने वेब ब्राउजर हो । यदि तपाईं गुगल क्रोम चलाउनु हुन्छ भने यसबारे पक्कै पनि जान्नुभएको छ होला ।

यसमा हुने तमाम अप्सनले वेब ब्राउजिङको अनुभवलाई बढावा दिएको हुन्छ । ती विभिन्न अप्सनहरू बेलाबखतमा अपडेट भइरहने हुनाले हामीले चाहेअनुसार परिस्कृत हुँदै गएको हुन्छ ।

तपाईंलाई क्रोममा बज्ने आवाजले दिक्क लगाएको हुनसक्छ । उदाहरणका लागि हामीले क्रोमको एउटा ट्याबमा फेसबुक प्रयोग गरिरहेका हुन्छौं भने अर्को ट्याबमा युट्युब हेरिरहेका हुन्छौं ।

फेसबुकमा बजेको नोटिफिकेसनले युट्युब हेर्दा दिक्क लागेको हुनसक्छ । कतिपय वेबसाइट हामीले सर्वाधिक प्रयोग गरिरहेका हुन्छौं । तर, त्यसको नोटिफिकेसनले दिक्क बनाएको हुन्छ । त्यस्तो अवस्थामा हामी सीमित ट्याबबाट आउने आवाज बन्द गर्न सक्छौँ ।

गुगल क्रोममा कुनै पनि वेबसाइटबाट आउने आवाज यसरी बन्द गर्नुहोस्;

-सबैभन्दा पहिले गुगल क्रोममा आफूले म्युट (आवाज बन्द) गर्न चाहेको वेबसाइट खोल्नुहोस् ।

-त्यसपछि माथिपट्टि रहेको साइटमा राइट क्लिक गर्नुहोस् ।

-त्यसपछि म्युट साइटको अप्सनमा क्लिक गर्नुहोस् ।

-यति गरिसकेपछि सो साइटबाट कुनै पनि नोटिफिकेसन आउँदैन ।

-यसरी पुनः सो साइटबाट बज्ने आवाज अन गर्नुहोस् ।

-पहिले जस्तै ब्राउजरमा गएर म्युट गरेको साइट खोल्नुहोस् ।

-त्यसपछि माथि साइटको नाम भएको ठाउँमा गई राइट क्लिक गर्नुहोस् ।

-त्यसपछि अनम्युट साइटमा क्लिक गरेर सो वेबसाइटबाट आउने आवाज पुनः खोल्न सक्नुहुन्छ ।

म्युट एक्सटेन्सनबाट वेबसाइटको आवाज यसरी बन्द गर्नुहोस्

माथि उल्लेख गरिएको प्रक्रिया तपाईंलाई झन्झटिलो लाग्न सक्छ । बेलाबखत सोही विधि अपनाएर साइट म्युट अनम्युट गर्न पनि खासै उपयुक्त हुँदैन । त्यसैले एक्सटेन्सन प्रयोग गरी साइट म्युट अनम्युट गर्नुहोस् ।

सबैभन्दा पहिले सर्च बारमा गएर म्युट एक्सटेन्सन डाउनलोड गर्नुहोस् । वा यहाँ क्लिक गरेर म्युट एक्सटेन्सन डाउनलोड हुने साइटमा पुग्नुहुन्छ ।

-एक्सटेन्सन डाउनलोड गरिसकेपछि तपाईंले माथि सेटिङ जस्तो आइकनमा क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ तल म्युट ट्याब भन्ने ट्याबलाई पिन गर्नुहोस् ।

-त्यसपछि माथि सर्चबारको छेउमा माइकको आइकन देखिन्छ ।

तपाईं आफूले म्युट गर्न चाहेको वेबसाइट सर्च गर्नुहोस् । त्यसपछि माइकको आइकनमा क्लिक गर्नुहोस् ।

त्यहाँ एम (M) को संकेत देखिएको छ भने साइट म्युट छ भन्ने हुन्छ । यदि केही संकेत छैन भने साइट अनम्युट छ भन्ने बुझिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३