ट्रेन्डिङ:
एलन मस्कले बेचे टेस्लाको पौने ९ खर्ब मूल्यको शेयर ईसेवाको दशैं उत्सव, रू. १ गेमदेखि निःशुल्क हवाई टिकटसम्म कल सेन्टरका लागि ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्दै साङ्ग्रिला विकास बैंक पब्जी, फ्रिफायरसहितको ईस्पोर्ट्सलाई बजेट छुट्याएको विषयमा बालेनले यसरी दिए स्पष्टीकरण युट्युवमा छोराछोरीले के गर्दैछन्, अब निगरानी गर्न सकिने कस्तो होला फाइभजी आएपछिको जिन्दगी ? स्मार्ट टेलिकमको ऐतिहासिक अफर, दुई मिनेटपछि सबै कल निःशुल्क विद्युतका कर्मचारीले ‘लुटेका’ इन्टरनेट उपकरण फिर्ता पाउनुपर्ने भन्दै आइस्पानको उजुरी प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक ट्वीटरको स्वामित्व लिनुअघि एलन मस्कले बेचे ८.५ अर्ब डलर बराबरको टेस्लाको शेयर
close

एलन मस्कले बेचे टेस्लाको पौने ९ खर्ब मूल्यको शेयर

टेकपाना टेकपाना

साउन २५, २०७९

एलन मस्कले बेचे टेस्लाको पौने ९ खर्ब मूल्यको शेयर

काठमाडौं । टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीमा रहेको आफ्नो ७९ लाख २० हजारभन्दा बढी कित्ता शेयर बिक्री गरेका छन् । उनले कूल ६.८८ अर्ब डलर अर्थात् करिब ८ खर्ब ७५ अर्ब रुपैयाँमा उक्त शेयर बिक्री गरेका हुन् ।

मङ्गलबारमात्रै अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले प्रकाशित गरेको नयाँ वित्तीय विवरण मार्फत मस्कले टेस्लाको शेयर बिक्री गरेको विषय बाहिरिएको हो । उनले यही अगस्ट महिनाको ५ र ९ तारिखमा आफ्नो शेयर बिक्री गरेको उल्लेख छ ।

यो वर्षको सुरुवातमा मस्कले टेस्लाको थप शेयर बिक्री नगर्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । तर, ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने उनको निर्णयका कारण यति बेला टेस्लाको शेयर बिक्री गर्नु परेको बताइएको छ ।

मस्क पछिल्लो समय ट्वीटर खरिदको विषयलाई लिएर कानूनी लडाइ लडिरहेका छन् । सुरुमा कम्पनी खरिद गर्ने निर्णय गरेका उनले ट्वीरबाट ‘फेक अकाउण्ट’ (नक्कली प्रयोगकर्ता) को आवश्यक जानकारी उपलब्ध नगराएको भन्दै खरिद प्रक्रिया रद्द गर्ने निर्णय लिएका थिए ।

त्यससँगै यो विषय अदालतमा पुगेको थियो । तर, अब भने उनले ट्वीटर खरिदलाई पूर्णता दिने आँकलन गरिएको छ । मस्कले शेयर बिक्री गरेको विषय बाहिरिएसँगै मङ्गलबारबाट टेस्लाको शेयर मूल्य घटेको छ ।

त्यसदिन मात्रै दुई प्रतिशतले घटेको बजार बुधबार समेत २.४० प्रतिशतले ओह्रालो लागि सकेको छ । आगामी दिनमा कम्पनीको शेयर थप घट्ने अनुमान गरिएको छ ।