ट्रेन्डिङ:
ब्राउजर एक्सटेन्सनमार्फत लाखौं प्रयोगकर्ताको विवरण चोरी  दुई महिनामा नेपाल भित्रिए ७ करोड मूल्यका स्मार्टवाच मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्समाथि रिभिल ग्रुपको साइबर हमला बलिउड कलाकारको च्याट बाहिरिएपछि ह्वाट्सएपले भन्यो, ‘इन्क्रिप्टेड म्यासेज कुनै तेस्रो व्यक्तिले हेर्न सक्दैन’ नेपालमा स्मार्टफोनभन्दा बारफोनको आयात धेरै ! आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका सुरू भयो डिशहोमको क्याम्पस वाई-फाई, एकैपटक २ सय जनासम्मले इन्टरनेट चलाउनसक्ने अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड
close

ब्राउजर एक्सटेन्सनमार्फत लाखौं प्रयोगकर्ताको विवरण चोरी 

टेकपाना टेकपाना

भदौ ३, २०७९

ब्राउजर एक्सटेन्सनमार्फत लाखौं प्रयोगकर्ताको विवरण चोरी 

काठमाडौं । मालिसियस अर्थात खराब आशय युक्त ब्राउजरको एक्सटेन्सनले लाखौं प्रयोगकर्ता प्रभावित भएको एक अध्ययनले देखाएको छ ।

एन्टिभाइरस कम्पनी क्यासपरस्कीले टेलिमेट्री डेटामार्फत गरेको अध्ययन अनुसार पछिल्लो दुई वर्षको अवधिमा ४३ लाख भन्दा बढी प्रयोगकर्ता ‘एडवेयर’ नामक माल्वेयरको सिकार बनेका छन् । सन् २०२० को जनवरी देखी जुनसम्म ब्राउजरमा राखिने एक्सटेन्सनमार्फत यो माल्वेयर फैलिएर ४३ लाख प्रयोगकर्ताको डिभाइसमा पुगेको छ । जसमध्ये ७० प्रतिशत प्रयोगकर्ता प्रभावित भएको अध्ययनले जनाएको छ । 

अर्कोतर्फ यो अवधिमा ६० लाख प्रयोगकर्तालाई यो माल्वेयर डाउनलोड गर्नबाट रोकेको क्यासपरस्कीको दाबी छ । 

कम्पनीका अनुसार ब्राउजर एक्सटेन्सनबाट सबैभन्दा बढी ‘एडवेयर’ माल्वेयर फैलिएको छ । ब्राउजर प्रयोगमा प्रयोगकर्तालाई फरक फिचरहरू उपलब्ध गराउन यस्ता एक्सेटन्सको प्रयोग भइरहेको हुन्छ । यस्ता एक्सटेन्सनले ब्राउजर हिस्ट्रीमार्फत प्रयोगकर्ताको क्रियाकलाप निगरानी गरिरहेको अध्ययनले बताएको छ । 

क्यासपरस्कीका अनुसार विभिन्न मालिसियस एक्सटेन्सनमध्ये सबैभन्दा बढि ‘वेबसर्च’ एक्सटेन्सनका प्रयोगकर्ता रहेका छन् । यो एक्सटेन्सन नौं लाख भन्दा बढी डाउनलोड भएको पाइएको छ । यो एक्सटेन्सले ब्राउजरको सर्च इन्जिनमा ‘माईवे’ लाई डिफल्ट बनाउँछ । जसमार्फत प्रयोगकर्ताले सर्च गरेको विषयलाई लिएर त्यसलाई विश्लेषण गरी त्यसैका आधारमा प्रयोगकर्तालाई मालिसियस युक्त पेजमा पुर्‍याउने गरेको जनाइएको छ । उक्त मालिसियस पेजमा पुर्‍याए सँगै प्रयोगकर्ताको लगइनको जानकारी लगायतका महत्वपूर्ण तथ्याङ्क संकलन गर्ने रिपोर्टमा उल्लेख छ ।