close

कुन कुन फोनमा चल्छ टेलिकमको ई-सिम ?

टेकपाना टेकपाना

भदौ १६, २०७९ १५:२८

कुन कुन फोनमा चल्छ टेलिकमको ई-सिम ?

काठमाडौं । पछिल्लो समयमा नेपालमा ई-सिमको चर्चा चलिरहेको छ । विश्वका केही देशमा यो प्रविधि प्रचलनमा आइसकेको छ । बजारमा ई-सिम सपोर्ट गर्ने फोनहरू पनि आइरहेका छन् ।

नेपालमा पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले ई-सिम परीक्षण सम्पन्न गरेको छ । योसँगै आधिकारिक रूपमा ई-सिम ल्याउने तयारीमा कम्पनी जुटेको छ ।

कम्पनी स्रोतका अनुसार आज बिहीबार बस्ने टेलिकमको बोर्ड बैठकमा ई-सिम कार्यान्वयनको विषयले प्रवेश पाउनेछ । बोर्डले पारित गरेसँगै औपचारिक रूपमा ई-सिम सञ्चालनमा आउने जनाइएको छ ।

आज हामीले बजारमा भएका कुन कुन फोनले ई-सिम सपोर्ट गर्छन् भन्ने विषयमा चर्चा गरेका छौँ ।

पछिल्लो समय बजारमा आएका विभिन्न ब्रान्डले अपडेटमार्फत ई-सिम सपोर्ट गर्ने फिचर ल्याइरहेका छन् ।

यी डिभासमा सपोर्ट गर्छ ई-सिम;

आईफोन

  • iPhone XR
  • iPhone XS
  • iPhone XS Max
  • iPhone 11
  • iPhone 11 Pro
  • iPhone SE 2 (2020)
  • iPhone 12
  • iPhone 12 Mini
  • iPhone 12 Pro
  • iPhone 12 Pro Max
  • iPhone 13
  • iPhone 13 Mini
  • iPhone 13 Pro
  • iPhone 13 Pro Max
  • iPhone SE 3 (2022)

आईप्याड

  • iPad Pro 11″ (model A2068, from 2020)
  • iPad Pro 12.9″ (model A2069, from 2020)
  • iPad Air (model A2123, from 2019)
  • iPad (model A2198, from 2019)
  • iPad Mini (model A2124, from 2019)

सामसङ

  • Samsung Galaxy S20
  • Samsung Galaxy S20+
  • Samsung Galaxy S20 Ultra
  • Samsung Galaxy S21
  • Samsung Galaxy S21+ 5G
  • Samsung Galaxy S21+ Ultra 5G
  • Samsung Galaxy S22
  • Samsung Galaxy S22+
  • Samsung Galaxy S22 Ultra
  • Samsung Galaxy Note 20
  • Samsung Galaxy Note 20 Ultra 5G 
  • Samsung Galaxy Fold
  • Samsung Galaxy Fold 3
  • Samsung Galaxy Z Fold2 5G
  • Samsung Galaxy Z Fold3 5G
  • Samsung Galaxy Z Flip3 5G
  • Samsung Galaxy Z Flip3 5G Fold
  • Samsung Galaxy Z Flip
  • Samsung Watch (via Samsung Wearable application)

गुगल फोन

  • Google Pixel 2 (only phones bought with Google Fi service)
  • Google Pixel 2 XL
  • Google Pixel 3 XL
  • Google Pixel 3a XL
  • Google Pixel 4
  • Google Pixel 4a
  • Google Pixel 4 XL
  • Google Pixel 5
  • Google Pixel 5a
  • Google Pixel 6
  • Google pixel 6a
  • Google Pixel 6 Pro.

ह्वावे फोनहरू

  • Huawei P40
  • Huawei P40 Pro
  • Huawei Mate 40 Pro

ओप्पो

  • Oppo Find X3 Pro
  • Oppo Reno 5A
  • Oppo Reno6 Pro 5G
  • Oppo Find X5
  • Oppo Find X5 Pro
  • Oppo A55s

ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू

  • Motorola Razr 2019
  • Motorola Razr 5G
  • Nuu Mobile X5
  • Gemini PDA
  • Rakuten Mini
  • Rakuten Big-S
  • Rakuten Big
  • Sony Xperia 10 III Lite
    Sony Xperia 1 IV
  • Surface Pro X
  • Honor Magic 4 Pro
  • Fairphone 4

अहिले फोनमा मात्र नभई कम्प्युटर पनि ई-सिम सपोर्ट हुने किसिमका तयार पारिएका छन् । तल उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्प्युटरमा ई-सिम सपोर्ट हुन्छ ।

  • Microsoft Surface Pro X
  • Microsoft Surface Go 2
  • Microsoft Surface Pro LTE Advanced
  • Acer Swift 3
  • Acer Swift 7
  • Asus Mini Transformer
  • Asus NovaGo
  • Asus VivoBook Flip 14
  • HP Elitebook G5
  • HP Probook G5
  • HP Zbook G5
  • HP Specter Folio 13
  • Lenovo Yoga C630
  • Lenovo Miix 630
  • Lenovo Yoga 520
  • Lenovo Flex 5G
  • Samsung Galaxy Book 2

माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।

त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।

अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।

के हो ई-सिम ?
ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३