close

आईफोन १४: साओमीबाट एप्पलले चोर्‍यो यी ३ फिचर

टेकपाना टेकपाना

असोज १, २०७९ ९:५५

आईफोन १४: साओमीबाट एप्पलले चोर्‍यो यी ३ फिचर

काठमाडौं । एप्पलले गत साता आईफोन १४ सिरिज सार्वजनिक गर्‍याे । कम्पनीले नयाँ सिरिज सार्वजनिक गरेसँगै त्यसमा समावेश फिचरलाई लिएर थुप्रै कुरा बाहिर आएका छन् ।

आईफोनको नयाँ सिरिजमा थपिएका कतिपय फिचरहरू पनि एन्ड्रोइडबाट कपी भएको टिप्पणी भइरहेका छन् । यसो त एन्ड्रोइडका फिचर कपी गर्ने कुरामा एप्पलको यो घटना नयाँ होइन ।

विगतमा पनि एन्ड्रोइड पहिल्यै प्रयाेगमा ल्याएकाे अल्ट्रावाइड रियर क्यामेरा, नाइट मोड, लाइभ क्याप्सन लगायतका फिचर पछि आईफोनमा पनि देखिन थालेकाे थियाे ।

यस वर्ष पनि आईफोन १४ सिरिजमा एन्ड्रोइडका केही फिचरहरू कपी गरेको पाइएकाे छ, जुन पहिलो पटक साओमीमा प्रयोगमा ल्याइएको थियो ।

आईफोनको नयाँ सिरिजमा आएका र साओमीले पहिले नै ल्याएको केही फिचरबारे यहाँ चर्चा गरिएको छ ।

अटो ब्राइनेसका लागि दुई ओटा सेन्सर

एप्पलको आईफोन १४ मा दुई ओटा लाइट सेन्सर समावेश गरिएको छ । एउटा लाइट सेन्सर अगाडि रहेको छ भने अर्को लाइट सेन्सर पछाडि रहेको छ । यसले गर्दा ब्राइटनेसलाई सटीक तरिकाले एडजस्ट गर्न सघाउँछ ।

यो पक्षमा भने साओमीले एप्पललाई पछाडि पारेको छ ।

चिनियाँ आउटलेट माई ड्राइभरका अनुसार सोमीले डुअल एम्बियन्ट लाइट सेन्सर सन् २०२० मा नै ल्याइसकेको थियो । यो फिचर साओमीलो टेन सिरिजका फ्लयागशिप फोनमा उपलब्ध गराएको थियो ।

आईफोनमा डुअल  फ्रिक्वेन्सी जीपीएस

आईफोनमा पहिलो पटक आएको अर्को फिचर भनेको डुअल फ्रिक्वेन्सी जीपीएस हो, जुन आईफोन १४ को प्रो मोडेलमा मात्र उपलब्ध छ ।

यी दुई जीपीएस फ्रिक्वेन्सीका माध्यमबाट स्मार्टफोनमा एउटा जीपीएसको तुलनामा सटिक लोकेसन प्राप्त गर्न सकिन्छ ।

यसका माध्यमबाट गुगल म्याप्स जस्तो एपमा सही लोकेसन छिटो पाउन सकिन्छ । यो फिचर साओमीको स्मार्टफोनमा सबैभन्दा पहिले आएको थियो ।

साओमीले यो फिचर २०१८ मा एमआई ८ फ्ल्यागशिप फोनमा ल्याएको थियो । डुअल फ्रिक्वेन्सी नेभिगेसन अहिले वनप्लस, सामसङजस्ता फोनमा उपलब्ध  छ ।

नच लगायत अन्य फिचरको डिजाइन

केही आकर्षक तथा अत्यावश्यक फिचरहरू अन्य स्मार्टफोनबाट कपी गर्ने काम एप्पलका लागि नौलो होइन ।

आईफोन १४ सिरिजमा आएका प्रमुख अपग्रेडहरू ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, डिस्प्ले कटआउट र सुपर स्टेडी भिडिओ मोड सबै साओमीले सबैभन्दा पहिले आफ्नो फोनमा उपलब्ध गराएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४