ट्रेन्डिङ:
नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न राष्ट्र बैंकको निर्देशन अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित टेलिकमको अटम अफर सार्वजनिक तपाईंको आयु कति लामो छ, अब प्रविधिले पत्ता लगाउनेछ ३५ सयले लिए टेलिकमकाे ई-सिम क्वालिटी नघट्ने गरी फोटो/भिडिओ ट्रान्सफर गर्ने तरिका एक महिनादेखि ला पाल्मा ज्वालामुखीमा फसेका कुकुरलाई ड्रोनमार्फत उद्धार गरिँदै डिशहोमको दशैं अफर, २९ हजार रूपैयाँमा ३२ इन्चको टिभी, २५० एमबीपीएस इन्टरनेट र आईपीटिभी सेवा निमा एकाडेमी एपको दोस्रो संस्करण सार्वजनिक, विद्यार्थीलाई यति धेरै सुविधा यसरी बनाइन्छ फेक फेसबुक च्याट
close

नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल

टेकपाना टेकपाना

असोज ५, २०७९

नेपाल टेलिकमको 'सजिलो प्रिपेड कम्बो' अफर, १९९ रुपैयाँमा ४२०० एमबी डेटा, ४२० मिनेट कल

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि 'सजिलो प्रिपेड कम्बो' अफर अन्तर्गत सस्तो मूल्यमा नै डेटा, भ्वाइसकल तथा मेसेज उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँबाट सुरु भएर ६९९ रुपैयाँसम्मका भ्वाइस, डेटा र मेसेज पठाउन सकिने प्याकहरू ल्याएको हो ।  

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९  रुपैयाँमा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ । त्यस्तै ३४९ रुपैयाँमा १४,००० एमबी (दैनिक ५०० एमबी) डेटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी ४९९ रुपैयाँमा १९,६०० एमबी (दैनिक ७०० एमबी) डेटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा मेसेज पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जीबी (दैनिक १ जीबी) डेटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिनेछ । 

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको लागि भने कम्पनीले ९८ रुपैयाँमा नै २८ दिन भित्रमा ६०० वटा र ६० रुपैयाँमा ३०० वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।

आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू खरिद गर्न सकिन्छ ।