close

बन्द भयो चीनमा गुगल ट्रान्सलेट सेवा

टेकपाना टेकपाना

असोज २०, २०७९ १६:४६

बन्द भयो चीनमा गुगल ट्रान्सलेट सेवा

काठमाडाैं । गुगलकाे अभिभावक कम्पनी अल्फाबेटले प्रयोगकर्ताको संख्या कम भएकाे कारण देखाउँदै चीनको मुख्य भूमिमा गुगल ट्रान्सलेट सेवा बन्द गरेको छ । यो कदम सँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा रहेकाे अल्फाबेटकाे बाँकी उत्पादनहरू पनि चीनमा बन्द भएकाे संकेत देखिएकाे छ ।

चीनमा गुगल ट्रान्सलेटका लागि प्रयाेग भइरहेकाे वेबसाइट हङकङ संस्करणमा उपलब्ध हुने बताइएको छ । यद्यपि, याे वेवसाइट चीनकाे मुख्य भूमिबाट प्रयाेग गर्न भने सकिने छैन । गुगल र चिनियाँ बजार बीच राम्राे सम्बन्ध रहेकाे छ । तर सरकारकाे कडा अनलाइन सेन्सरसिपका कारण उसले चीनमा आफ्नो सर्च इन्जिनलाई सन् २०१० मा बन्द गरेकाे थियाे । त्यस्तै अन्य सेवाहरू गुगल म्याप र जिमेल पनि चिनियाँ सरकारको कडाइका कारण बन्द गर्न परेकाे थियो ।

फलस्वरुप चीनमा ‘बाइडु’ र ‘टेन्सेन्ट’ जस्ता स्थानीय टेक कम्पनीहरुले सर्च इन्जिन देखि अनुवादकाे क्षेत्रमा प्रभुत्व जमाउन थालेका छन् । हाल चीनमा गुगलको उपस्थिति कम हुँदै गइरहेकाे छ । स्मार्टफोन लगायतका केही उपकरणहरुको हार्डवेयर चीनमा बन्ने गरेका छन्। तर गत महिना न्युयोर्क टाइम्सले प्रकाशन गरेकाे रिपोर्टले गुगलले आफ्नाे पिक्सेल स्मार्टफोनहरूको उत्पादन भियतनाममा सारेको तथ्य खुलासा गरेकाे थियाे ।

गुगलले सन् २०१८ मा चीनमा पुन: प्रवेश गर्ने तयारी गरे पनि कर्मचारी र राजनीतिज्ञहरूको प्रतिक्रिया पछि आफ्नाे याेजनाबाट पछाडि हटेकाे थियाे ।

अमेरिका र चीनबीच भइरहेकाे शीत युद्धका कारण ठूला प्रविधि कम्पनीहरु चीनबाट बाहिरिने क्रम बढ्दै गइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २०, २०७९ १७:४७