काठमाडौं । खल्ती डिजिटल वालेटमार्फत मेट लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्याशब्याक पाइने भएको छ । साथै दुई भाग्यशाली विजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्ने बताइएको छ ।
यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागू हुने खल्तीले जनाएको छ । प्रयोगकर्ताले प्रिमियम भुक्तानीका लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै खल्तीमार्फत आउने क्याशब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । मेट लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट यस प्रकार तिर्न सकिन्छः
●खल्ती एप लगइन गरी “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
●'मेट लाइफ इन्स्योरेन्स' सेलेक्ट गर्ने
● 'Policy Number' र 'DoB भर्ने
● अब सम्पुर्ण विवरण दाखिला गरी “प्रोसिड टु पे” मा क्लिक गर्ने