close

स्टारलिङ्कको इन्टरनेट अब हवाई जहाजमा पनि उपलब्ध हुने

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ २२:२९

स्टारलिङ्कको इन्टरनेट अब हवाई जहाजमा पनि उपलब्ध हुने

काठमाडाैं । स्याटलाइटबाट इन्टरनेट उपलब्ध गराउने एलन मस्ककाे कम्पनी स्टारलिङ्कले अब हवाइजहाजमा पनि सेवा दिने भएकाे छ । कम्पनीले सन् २०२३ मा स्टारलिङ्क एभिएसन लञ्च गरेर निश्चित जहाजमा इन्टरनेट उपलब्ध गराउने भएकाे हाे ।

इन्टरनेटकाे गति जहाजमा भएका एरियाे टर्मिनलका आधारमा ३५० एमबीपीएससम्म हुने बताइएकाे छ । याे गति भिडिओ कलमा कुरा गर्न, अनलाइन गेम खेल्न अथवा धेरै डेटा खपत गर्ने अरु गतिविधिका लागि प्रयाेग गर्न सकिने कम्पनीले उल्लेख गरेकाे छ ।

हाल धेरै जहाजले इन्टरनेटका लागि ‘एयर टु ग्राउन्ड’ प्रणाली प्रयाेग गरिरहेका छन्, जसले उडानकाे बेलामा मात्र १० एमबीपीएससम्मकाे इन्टरनेट गति उपलब्ध गराउँछन् ।

याे प्रणालीबाहेक हाल स्याटलाइट प्रणालीबाट समेत जहाजमा इन्टरनेट सेवा उपलब्ध भइरहेकाे छ । यस्ताे प्रणालीले प्रति जहाज ३० देखि १०० एमबीपीएस इन्टरनेटकाे गति उपलब्ध गराउँदै आएकाे छ । यस प्रणालीबाट जहाजमा भएका यात्रीहरुकाे संख्याका आधारमा यात्रीले इन्टरनेटकाे गति प्राप्त गर्दछन् ।

यस्ताे अवस्थामा धेरैले जहाजमा प्रयाेग हुने स्टारलिङ्ककाे इन्टरनेटलाई एक छलाङका रुपमा लिएका छन् । कम्पनीका अनुसार स्टारलिङ्ककाे इन्टरनेटले जहाजकाे टेकअप, जमिन/पानी माथिकाे उडान, लेन्डिङ जहाँ पनि काम गर्नेछ । यसका लागि स्याटलाइटहरु पृथ्वीकाे तल्लाे कक्षमा तैनाथ रहने बताइएकाे छ ।

यस कार्यका लागि कम्पनीले केही समयअगाडि अमेरिकामा परीक्षण उडान गरेकाे थियाे । जेएसएक्स कम्पनीसँगकाे सहकार्यमा  गरिएकाे परीक्षणमा १०० एमबीपीएसकाे गति रेकर्ड कायम भएकाे थियाे ।

याेसँगै जेएसएक्स ‘इन्फ्लाइट इन्टरनेट सेवा’ लिने पहिलाे एयरलाइन्स कम्पनी बनेकाे छ । याेसँगै स्टारलिङ्ककाे इन्टरनेट सेवा प्रयाेग गर्नका लागि हवाईयन एयरलाइन्सले सम्झाैता गरेकाे छ । स्टारलिङ्कले उक्त एयरलाइन्समा सन् २०२३ सम्ममा इन्स्टलेसनकाे काम सक्ने बताएकाे छ ।

स्पेसएक्सले मार्च २०२१ मा अमेरिकाकाे संघीय सञ्चार आयोग (एफसीसी) मा ‘मुभिङ प्लेटफर्म’मा आफ्नाे इन्टरनेट प्रयाेग अनुमतिका लागि पत्र पठाएकाे थियाे । याेसँगै स्टारलिङ्ककाे इन्टरनेट समुन्द्री जहाज र माेबाइल हाेमका लागि स्टारलिङ्क आरभीमा समेत जडान गरिसकिएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ १४:९