close

एनसेलको डेटा शूल्क ८० प्रतिशतसम्म सस्तियो

टेकपाना टेकपाना

फागुन २५, २०७६ ९:१९

एनसेलको डेटा शूल्क ८० प्रतिशतसम्म सस्तियो

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले मोबाइल डेटाको मूल्य घटाएको छ । कम्पनीले बोनस प्याकेजको रुपमा आइतबारदेखि नियमित इन्टरनेट डेटा (प्याक नलिएरै चलाउँदा) को मूल्य घटाएको हो ।

योजना अनुसार कम्पनीका ग्राहकले ‘पे एज यु गो’ (डेटा प्याकेज बिनै इन्टरनेट चलाउने) प्रयोगकर्तालाई मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा थप बोनस पाउनेछन् । कम्पनीका प्रयोगकर्ताले प्याकेज सकिँदा वा प्याकेज नलिइ डेटा चलाउँदा प्रति एमबी दुई रुपैयाँ शूल्क लाग्दै आएको छ । अब भने सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले त्यसरी भएको खर्चअनुसार बोनस पाउने भएपछि सस्तो मूल्यमै ढुक्कसँग मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने तथा प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जानेछ ।

ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँदा खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्कालै बोनस डेटा पाउनेछन् । यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नका लागि २ दिनको समयावधि हुनेछ । ग्राहकले यो अफर अन्तर्गत ब्यालेन्सबाट प्रति १० रुपैयाँ खर्चमा २० एमबी २० बोनस डेटा प्राप्त गर्दै जानेछन् ।

यदि ग्राहकले मेन ब्यालेन्सबाट २ रुपैयाँ डेटा सेवाका लागि खर्च गरेको खण्डमा तत्कालै २ एमबी डेटा बोनसको रुपमा पाउँनेछन् । यसैगरी ३० रुपैयाँ ब्यालेन्स खर्च गर्दा ५७ एमबी, सय रुपैयाँ खर्च गर्दा २३६ एमबी डेटा पाउनेछन् । यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ ।

मेन ब्यालेन्सबाट डेटामा कुल खर्च रुथप पाइने बोनस डेटा (एमबी)
२+५
१० २+५+१०
२० २+५+१०+२०
प्रत्येक थप रु १० थप २० एमबी

आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित गर्ने योजना ल्याइएको कम्पनीले जनाएको छ । यद्यपी, सुलभ दरमा डेटा सेवा प्रयोग गर्न डेटा प्याक लिनु नै उत्तम विकल्प भएको समेत उसले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१