close

एनसेलको खातामा २७ अर्ब नगद, साढे चार अर्बले बढ्यो खुद सम्पत्ती

टेकपाना टेकपाना

असोज १, २०७६ २१:५५

एनसेलको खातामा २७ अर्ब नगद, साढे चार अर्बले बढ्यो खुद सम्पत्ती

एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले सन् २०१९ को दोस्रो चौमासिकको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । आजियाटाले सार्वजनिक गरेको उक्त वार्षिक प्रतिवेदनका अनुसार एनसेलको खातामा २७ अर्ब ३६ करोडको रहेको देखिएको छ ।

पहिलो चौमासिकमा २४ अर्ब ७८ करोड खातामा रहेको एनसेलले पछिल्लो तीन महिनाको अवधिमा झन्डै तीन अर्ब थप गरेको छ । सोही अवधिमा एनसेलको खुद सम्पत्ती पनि उल्लेख्यरुपमा वृद्धि भएको देखिएको छ ।

पहिलो चौमासिकमा ७७ अर्ब ९९ करोड खुद सम्पत्ती रहेकोमा दोस्रो त्रैमासिकमा आइपुग्दा त्यसमा झन्डै साढे चार अर्बले बढेको पाइएको छ । यस चौमासिकमा एनसेलको खुद सम्पत्ती ८२ अर्ब ४३ करोड भन्दा बढी रहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३