close

युट्युवले भन्यो चिनियाँ कम्युनिस्ट सरकार विरुद्ध लेखिएको कमेन्ट अटो डिलिट हुनुमा प्राविधिक त्रुटि

टेकपाना टेकपाना

जेठ १४, २०७७ १३:५

युट्युवले भन्यो चिनियाँ कम्युनिस्ट सरकार विरुद्ध लेखिएको कमेन्ट अटो डिलिट हुनुमा प्राविधिक त्रुटि

काठमाडौं । मंगलबार एक जना चिनियाँ नागरिकले चीनको कम्युनिस्ट सरकारको विरुद्ध युट्वव भिडियोमा कमेन्ट गरेका थिए । उनले गरेको उक्त कमेन्ट केही सकेण्डमै डिलिट भयो ।

उनले फेरी पनि उक्त भिडियोमा कम्युनिस्ट सरकार डाँकु र ५० सेन्टको पार्टी भएको भन्दै कमेन्ट गरे । दोस्रो पटकको कमेन्ट पनि केही सेमण्डमै डिलिट भयो ।

बारम्बार कमेन्ट डिलिट भएपछि उनले कम्युनिस्ट सरकारको बिरुद्ध गरिएका कमेन्ट युट्युवले अटो डिलिट गरिरहेको भन्दै ट्वीटरमा भिडियो सार्वजनिक गरे । उक्त ट्वीट भाइरल भयो ।

युट्युवले बुधबार यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । कम्पनीले सेन्सरशिपमा देखा परेको त्रुटिका कारण यस्तो हुन पुगेको जनाएको छ ।

उक्त समस्या हल गर्ने काम चलिरहेको भन्दै युट्युवका प्रवक्ताले भनेको छन्, ‘हेट स्पीच, ह्यारेसमेन्ट, स्पाम लगायतका कमेन्ट मोडरेसन गर्न बनाइएको सिस्टममा आएको समस्याले यस्तो भएको हो ।’

उनले प्रयोगकर्ताले यस्ता खालका समस्या दर्शाउँदा कम्पनीलाई आफ्नो सेवालाई अझ मर्यादित बनाउन सहयोग पुग्ने समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१