close

जुकरबर्गले भने- ट्रम्पको ट्वीटमा फ्याक्ट चेक गर्नु ट्वीटरको गल्ती

टेकपाना टेकपाना

जेठ १५, २०७७ १२:९

जुकरबर्गले भने- ट्रम्पको ट्वीटमा फ्याक्ट चेक गर्नु ट्वीटरको गल्ती

काठमाडौं । फेसबुकका मालिक तथा सीईओ मार्क जुकरबर्गले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको पक्ष लिएका छन् । उनले बुधबार ट्रप्पको ट्वीटमा लेबल लगाउनु ट्वीटरको कमजोरी भएको बताएका हुन् ।

राष्ट्रपती ट्रम्पले ट्वीटरले आफ्नो ट्वीटमा लगाएको लेबललाई लिएर सामाजिक सञ्जालहरुका लागि कडा नियम लागु गर्न सक्ने धम्की दिएसँगै मार्क जुकरबर्गले यस्तो भनेका हुन् । उनले फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालले प्रयोगकर्ताले पोस्ट गरेका विषयलाई गलत भन्नुपूर्व धेरै कुरामा विचार गर्नु पर्ने बताएका छन् ।

‘मलाई यो पूर्ण विश्वास छ, सामाजिक सञ्जालमा पोष्ट हुने सबै कुरा सही वा गतल भन्ने मध्यस्तकर्ता फेसबुक हुने छैन ।’, मार्कले भनेका छन्, ‘हामी निजी कम्पनी हौं । निजी कम्पनी त्यसरी सबै कुराको निगरानी गर्ने र मध्यस्तकर्ताको भूमिका निभाउने ठाउँमा हुँदैनन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१