close

हवाईजहाजमा चल्ने वाईफाईको पायोनियर कम्पनी गोगो बिक्रीमा

टेकपाना टेकपाना

साउन २७, २०७७ १९:१८

हवाईजहाजमा चल्ने वाईफाईको पायोनियर कम्पनी गोगो बिक्रीमा

काठमाडाैं । ईन-फ्लाइट इन्टरनेट सेवाप्रदायक कम्पनी गोगोले आफ्नो व्यावसायिक एयरलाइन्स व्यवसाय बिक्री गर्ने भएको छ । कोभिड १९ को महामारीका कारण एयरलाइन्स निरन्तर घाटामा जान थालेपछि सोमबार कम्पनी बिक्रीको घोषणा भएको हो ।  

कम्पनीका कार्यकारी प्रमुख तथा सीईओ ओएक्लाइग थोर्नेले कन्फ्रेन्स कलमार्फत थुप्रै पार्टीसँग व्यापक छलफल गरेको र यो कम्पनी बिक्री हुने कुरामा आफू आशावादी रहेको बताएका छन् । 

ईन-फ्लाइट कनेक्टिभिटीको पायोनियर कम्पनी गोगोका लागि यो बिक्री एउटा टर्निङ प्वाइन्ट साबित हुनसक्ने देखिएको छ । तर, कोरोना महामारी र लकडाउनका कारण हाल गोगो पनि अन्य एयरलाइन्स व्यवसायजस्तै मर्माहत अवस्थामा पुगेको छ ।

गोगोले डेल्टा, युनाइटेड तथा अलस्का जस्ता नाम चलेका एयरलाइन्स कम्पनीहरुलाई ईनफ्लाइट इन्टरनेट सेवा दिदैँ आइरहेको छ । कम्पनीले २०२० को दोस्रो त्रैमासिक अवधिमा ९ करोड ६० लाख डलर आम्दानीमा आठ करोड ६० लाख डलर गुमाएको छ । 

उत्तरी अमेरिकामा रहेको गोगोको सेसन प्रतिदिन ९१ प्रतिशतले खस्किँदै गएको छ । गोगोको ईनफ्लाइट कनेक्टिभिटी भएका दर्जनौं बिमानहरुलाई एयरलाइन्स कम्पनीहरुले अवकाश दिएपछि कम्पनी अझ धराशायी बनेको सीईओ थोर्नेले बताए । 

वास्तवमा यो मार झेल्ने गोगो मात्र एक्लो कम्पनी होइन । साउथवेस्ट एयरलाइनलाई ईनफ्लाइट वाईफाई प्रदान गर्ने कम्पनी ग्लोबल इगलले पनि गत महिना बैंक क्रप्सी बेहोर्नु परेको थियो । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३