close

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ वा ब्याट्रीको आयू बढाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन २७, २०७७ १८:०

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ वा ब्याट्रीको आयू बढाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । ल्यापटप नयाँ छ भने त ब्याट्री ब्याकअपको कुनै समस्या पर्दैन । तर विस्तारै ल्यापटपमा ब्याट्री ब्याकअपको समस्या आउन थाल्छ । यसको अर्थ ल्यापटपको गुणस्तर गुणस्तर ठीक छैन भन्ने होइन ।

तर यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने ल्यापटप प्रयोग गर्ने तरिकाले समेत ब्याट्रीको आयूलाई धेरै हदसम्म निर्धारण गर्दछ । यदि दिन प्रतिदिन ब्याट्री ब्याकअपको समस्या आउन थालेको छ भने पनि समाधानका यी टिप्स तपाईंका लागि उपयोगी हुनसक्छन् । जसबाट तपाईं आफ्नो ल्यापटपको ब्याट्री लाइफमा धेरै हदसम्म सुधार गर्न सक्नुहुनेछ ।

डिस्प्लेको ब्राइटनेस धेरै नबनाउनुहोस्

ल्यापटपमा काम गर्दा धेरैजसो समय डिस्प्लेको ब्राइटनेस अधिकतम तहमा राख्नुपर्ने आवश्यकता नै हुँदैन । यदि ब्राइटनेसको स्तर अधिकतम छ भने यसले ब्याट्रीका साथै तपाईंको आँखामा पनि नराम्रो असर पार्छ ।

धेरैजसो ल्यापटपको कीबोर्डमै दुई वटा की हुन्छन्, जसको सहायताले ब्राइनेस लेभल कम वा बढी बनाउन सकिन्छ । यदि तपाईंको ल्यापटपमा यस्ता बटन छैनन् भने सेटिङ, सिस्टमहुँदै डिस्प्लेमा जानुहोस् र ब्राइटनेसको स्तर मिलाउनुहोस् ।

माइक्रोसफ्ट एज ब्राउजरको प्रयोग गर्नुहोस्

तपाईं ल्यापटपमा जुन ब्राउजरको प्रयोग गरिरहनु भएको छ, ब्याट्रीमा त्यसको समेत असर परिरहेको हुन्छ । माइक्रोसफ्टको इन्टरनल एक्सप्लोरमा कयौं मिम्स बनिसकेका छन् ।

तर माइक्रोसफ्टले आफ्नो एज ब्राउजरले गूगल क्रोम, फायरफक्स र ओपेरा मिनीजस्ता ब्राउजरको तुलनामा धेरै मात्रामा ब्याट्री जोगाउने दाबी गर्दै आएको छ । यसको अर्थ ल्यापटपको ब्याट्री जोगाउने सन्दर्भमा तपाईंलाई एज ब्राउजर एउटा समाधान हुनसक्छ ।

ब्याट्री समाप्त हुने समयको प्रतिक्षामा नबस्नुहोस्

धेरैजसो मानिसहरुको बानी के हुन्छ भने हरसमय ल्यापटपमा चार्जिङ केबल जोडेर राख्ने वा ब्याट्री एकदमै थोरै हुँदा मात्रै कनेक्ट गराउने । तर ब्याट्रीको लामो आयूका लागि तपाईंले यस किसिमको बानीमा सुधार गर्नैपर्छ । ल्यापटपको ब्याट्रीलाई सकेसम्म ४० देखि ८० प्रतिशतको बीचमा राख्नुहोस् ।

कीबोर्ड ब्याक लाइट बन्द गर्नुहोस्

यदि तपाईंको ल्यापटपमा ब्याकलाइट छ भने पनि तपाईंलाई त्यसको आवश्यकता खासै हुँदैन । त्यसो हो भने यसलाई बन्द गरिदिँदा राम्रो हुन्छ ।

जहाँ प्रकाशको स्थिति राम्रो छ, त्यहा कीबोर्डमा ब्याकलाइटको आवश्यकता हुँदैन । तपाईं आफ्नो कीबोर्डमा केवल एक फंसन की दबाएर यसलाई बन्द गर्न सक्नुहुन्छ । अथवा यसलाई विण्डोज मोबिलिटी सेन्टरबाट पनि बन्द गर्न सक्नुहुन्छ ।

लामो ब्याट्री लाइफ

यदि तपाईं नियमित रुपमा अफिसको काम गरी रहनुभएको छ भने ल्यापटपमा हेभ्भी किसिमको सफ्टवेयरको प्रयोग गरिरहनु भएको छैन । त्यसो हो भने तपाईंलाई बेस्ट ब्याट्री लाइफ वा बेस्ट फर्फर्मेन्स मोडमा स्वीच हुन जरुरी छ ।

यसका लागि तपाईंले केवल टास्कबारमा गएर त्यहाँ रहेको ब्याट्री आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । यहाँ बेस्ट पर्फर्मेन्स तथा ब्याट्री सेभिङबीच उचित किसिमको सन्तुलन मिलाउने विकल्प छनौट गर्नुहोस् ।

ब्याट्री सेभर मोड

एण्ड्रोइड तथा आईओएस डिभाइसमा जब ब्याट्री चार्ज २० प्रतिशतभन्दा तल झर्छ, ब्याट्री सेभर मोड स्वतः एक्टिभ हुन्छ । ल्यापटपमा समेत यस्तै फिचर हुन्छ ।

यसका लागि तपाईंले सेटिङ, सिस्टम हुँदै ब्याट्रीमा गएर हेर्न सक्नुहुन्छ । जब ब्याट्री सेभर मोड सक्रिय हुन्छ, त्यतिखेर ईमेल तथा क्यालेण्डर सिंकिङ, पुश नोटिफिकेसन र ब्याकग्राउण्डमा रन हुने एप सबै डिसेबल हुनपुग्छन् ।

अनावश्यक डिभाइसलाई अनप्लग गर्नुहोस्

यदि तपाईं वेब क्यामेरा, एक्सटर्नल हार्ड ड्राइभ जस्ता डिभाइसको प्रयोग गरिरहनु भएको छैन भने त्यस्ता डिभाइसहरुलाई अनप्लग गर्नु नै उचित हुन्छ । ल्यापटप स्लीप मोडमा भएको बखत तपाईं माउसलाई पनि डिसकनेक्ट गर्न सक्नुहुन्छ । किन भने त्यसमा पनि ब्याट्री खपत भइरहेको हुन्छ ।

ब्लूटूथ, वाईफाईलाई बन्द राख्नुहोस्

यदि उपयोग गरिरहनु भएको छैन भने तपाईंले ब्लूटूथ र वाईफाईलाई पनि बन्द राख्न सक्नुहुन्छ । यस्तोमा आफ्नो आवश्यकता परेको बखत अन गर्ने विकल्प तपाईंसँग रहेकै हुन्छ । यस हिसावले तपाईं ल्यापटपको ब्याट्रीको लाइफ जोगाउन तथा विस्तार गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३