close

छुट्टै सर्च इन्जिन सार्वजनिक गर्ने तयारीमा एप्पल, गूगललाई टक्कर दिने दाउ

टेकपाना टेकपाना

भदौ १५, २०७७ ७:३७

छुट्टै सर्च इन्जिन सार्वजनिक गर्ने तयारीमा एप्पल, गूगललाई टक्कर दिने दाउ

काठमाडौं । प्रविधिको दिग्गज कम्पनी एप्पल आफ्नो छुट्टै सर्च इन्जिनको तयारीमा जुटेको छ । कम्पनीले चाँडै नै सर्च इन्जिन सार्वजनिक गर्ने खबर छ ।

जसको सिधै गूगलसँग प्रतिस्पर्धा हुनेछ । एप्पलको सर्च इन्जिनको बारेमा आईओएस फोर्टिनको बेटा भर्सनबाट सूचना प्राप्त भएको हो । एप्पलका डिभाइसमा आफ्नो सर्च इन्जिनलाई डिफल्ट सर्च इन्जिनको रुपमा राख्नका लागि गूगलले एप्पललाई वार्षिक लाखौं डलर तिर्ने गरेको छ ।

कोयवुल्फको रिपोर्टमा भनिएको छ कि यस्ता कयौं संकेतहरु प्राप्त भइरहेका छन्, जसबाट एप्पलले आफ्नै सर्च इन्जिनका लागि काम गरिरहेको छ । एप्पलको सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मसिन लर्निङ (एमएल) र नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) को सपोर्ट प्राप्त हुनेछ ।

रिपोर्टमा दाबी गरिएको छ कि आईओएस फोर्टिन तथा आईप्याड ओएस फोर्टिनको बेटा भर्सनमा कम्पनीले गूगल सर्च इन्जिनलाई बाइपास गरेको छ । यसबाहेक एप्पलबोटलाई समेत हालै मात्र अपडेट गरिएको छ । जानकारी होस्, एप्पलबोट कम्पनीको एक क्रलिङ साइट हो ।

सुरुवाती रुपमा एप्पलको सर्च इन्जिनमा रोजगारी र स्पोटलाइटको सर्च प्राप्त हुनेछ । बताइएको छ कि ए्पलको सर्च इन्जिनले फोनमा गूगल असिस्टेन्टको जस्तै काम गर्नेछ । यद्यपि यो पूर्णरुपमा प्राइभेट हुनेछ ।

यस किसिमको रिजल्ट तपाईंलाई आईओएस कन्ट्याक्ट्स, डकुमेन्ट, ईमेल, इभेन्ट्स, फाइल, म्यासेज, नोट आदिको आधारमा निर्भर हुनेछ । त्यसो त एप्पलले आधिकारिक रुपमा सर्च इन्जिनको बारेमा कुनै सार्वजनिक बयान दिएको छैन ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०