close

तपाईंले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामग्रीमा कसको लाग्छ हक ?

टेकपाना टेकपाना

असोज २५, २०७७ २०:२३

तपाईंले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामग्रीमा कसको लाग्छ हक ?

काठमाडौं । तपाईं सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने आफ्नो अकाउन्टमा धेरै फोटो, भिडियो, आर्टिकल र स्टाटसहरु जम्मा गरिसक्नु भएको छ होला ।

चाहे त्यो युट्युव, फेसबुक वा इन्स्टाग्राम, जुनसुकैमा होस्, तपाईंले पोस्ट गरेको भिडियो तथा फोटोमा तपाईंकै योगदान छ । तर के त्यसमा स्वामित्व पनि तपाईकै छ त ? 

तपाईंले प्रयोग गर्ने अधिकांश सामाजिक सञ्जाल तथा मनोरन्जनात्मक प्लेटफर्महरु निःशुल्क नै छन् । यी सबै प्लेटफर्महरु नाफामूलक हुन् र सबैको आत्मा नाफामुलक व्यवसाय नै हो । तर यो तथ्य हामी बिर्सिरहेका हुन्छौं । 

यसको अर्थ यी प्लेटफर्महरुले तपाईंको स्वार्थको सधैं ख्याल राख्दैनन् । उदाहरणका लागि तपाईं र तपाईंले प्रयोग गर्ने सामाजिक सञ्जालबीच कपीराइटको विषयलाई लिएर सधैं मनमुटाव कायम रहन्छ । 

३१ दिने कपिराइट च्यालेन्ज २०२०

गत जनवरी २०२० मा ३१ दिने कपिराइट च्यालेन्ज आयोजना भएको थियो । जसमा ग्लोबल तथा डोमेस्टिक कपीराइट मुद्दाहरुलाई समेटेर विभिन्न लेखहरु लेखिएका थिए । 

जसमा व्यवहारिक जानकारी र टिप्सहरु पनि राखिएका थिए । ती लेखहरुमा हाम्रा सामग्रीहरु शेयर गर्दा व्यक्तिगत र पेशागत जीवनमा पर्ने असर तथा हाम्रो सिर्जनाको संरक्षण सहित विभिन्न कुराहरु उल्लेख छन् । यो तिनै ३१ वटा लेख मध्येको २२ औं लेखको अंश हो । 

कपीराइट कानूनको प्राइमर

तपाईं र सामाजिक सञ्जालबीचको कपीराइटको आयाममा प्रवेश गर्नु अघि तपाईंले अपिराइट कानूनको प्राइमर अर्थात् त्यसको एउटा आधारभूत सतहलाई बुझ्नुपर्छ । यदि तपाईं कुनै व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले एउटा मूल्य भएको वस्तु सिर्जना गर्नुहुन्छ । 

कपीराइट बारे तपाईंले सुरुमा आधारभूत कुरा बुझ्नुपर्ने हुन्छ ।  जब कपीराइटको मामिलामा वकिल, अदालत र पैसाको प्रवेश हुन्छ, तब यो विषय अझ धेरै जटील बन्न पुग्छ । तर वास्तवमा कपीराइटको सिद्धान्त एकदमै सरल छ । 

तपाईं कुनै कुराको सिर्जना गर्नुहुन्छ, चाहे त्यो कुनै लेख, चित्र, तस्वीर वा रेकर्ड जुनसुकै होस् । यी सिर्जनाको कुनै सिमित परिभाषा छैन ।

नयाँ प्रविधि भित्रिएसँगै हामीले अभिव्यक्त गर्ने धेरै तरिकाहरु पाएका छौं । त्यसैले यसको परिभाषा पनि अझ वृहत् बन्दै गएको छ । तपाईंको काम पूर्ण हुनुपर्छ ।

तपाईंले त्यसलाई मेरो हो भनेर दाबी गर्न सक्नुहुन्छ । कपीराइटले नयाँ अन्वेषणलाई सुरक्षा प्रदान गर्दैन । यो विषयलाई पेटेन्ट र ट्रेड नेम, लोगो अर्थात् ट्रेडमार्कहरुले समेट्छन् । 

तपाईंले कुनै काम सम्पन्न गरिसक्ने बित्तिकै त्यसमा तपाईंको प्रतिलिपि अधिकार रहन्छ । तपाईंले केही दर्ता गर्नु पर्दैन र त्यसमा सिर्जनाकारको क्रेडिटको रुपमा आफ्नो नाम पनि लेखिरहनु पर्दैन । 

टिप्स: तपाईंले दर्ता भएको प्रतिलिपि अधिकारको बारेमा कतै सुन्नु भएको होला । अमेरिकामा प्रतिलिपि अधिकारको डेटा बेस बनेको छ, जसमा आफ्नो प्रतिलिपि दर्ता गराउन सकिन्छ । 

यसरी दर्ता गराउँदा धेरै फाइदाहरु लिन सकिन्छ । बकैदा कानूनी लडाईंमा पनि यसले ठूलो सहयोग प्रदान गर्दछ । यो तपाईंको प्रतिलिपि अधिकारको वैधानिक प्रमाण बन्दछ । 

प्रतिलिपि अधिकार भएको अवस्थामा तपाईंले त्यसलाई प्रयोग, त्यसबाट पुनः उत्पादन र अरुलाई प्रयोगका लागि समेत दिन सक्नुहुन्छ । यसका लागि तपाईंसँग इजाजतपत्र हुन्छ । 

यसैगरी सामाजिक सञ्जालहरुले पनि तपाईंको सामग्रीमाथि हक जमाउन सक्छ । आफ्नो वस्तु बिना अनुमति प्रयोग गर्नेमाथि मुद्दा दायर गर्न र प्रतिलिपि अधिकारलाई बेच्न पनि तपाईंले सक्नुहुन्छ । 

तर प्रतिलिपि अधिकारलाई बेच्न, इच्छा अनुसार प्रयोग गर्न पाउने वा नपाउने भन्ने कुरालाई अरु विषयले पनि निर्धारण गर्दछ । यदि तपाईंको काममा कोही दोस्रो व्यक्तिको पनि योगदान छ र प्रतिलिपि अधिकार दुई जना व्यक्तिको नाममा छ भने तपाईं एक्लैले त्यसमा दाबी गर्न पाउनु हुन्न ।

साथै यदि तपाईंले अन्य कसैका लागि केही कुरा सिर्जना गरिदिँदै हुनुहुन्छ भने त्यसको डिफल्ट स्वामित्वकर्ता त्यही रोजगारदाता हुन्छ । प्रतिलिपिको विषय वास्तवमा अवस्था र परिप्रेक्ष्य अनुसार फरक फरक हुन्छ । 

टिप्स: कुनै पनि काम सहकार्यमा गर्नुअघि प्रतिलिपि स्वामित्वलाई लिएर आपसी समझदारी कायम गर्नुहोस् । 

सोसल मिडिया प्लेटफर्मलाई प्रयोगकर्ताको सामग्रीको लाइसेन्सिङ 

तपाईंले इन्स्टाग्राम, फेसबुक, ट्वीटर तथा युट्युव जस्ता सोसल मिडिया प्लेटफर्महरुलाई लाइसेन्स दिएकै कारण उनीहरुले तपाईंको सामाग्रीलाई अनलाइन डिस्प्ले गर्दछन् । लाइसेन्स भनेको स्वामित्वकर्ताले आफ्नो सिर्जनालाई कुनै विशेष कामकाजका लागि प्रयोग गर्न दिइने अनुमति हो । 

प्रतिलिपि अधिकार प्रयोगको अनुमतिका लागि दुई पक्षबीच सहमतिको आवश्यकता पर्दछ । यसका लागि लाइसेन्सको शुल्क अर्थात् रोयल्टी कति तिर्ने, स्वामित्वकर्ताले त्यसको लाइसेन्स थप अरुलाई दिन पाउँछ कि पाउँदैन, यस्ता धेरै कुरामा टुङ्गो लाउनु पर्दछ । 

सामाजिक सञ्जालले कसरी लिन्छन् तपाईंको सहमतिको लाइसेन्स ?

वास्तवमा सामाजिक सञ्जालले प्रयोगकर्ताबाट कसरी लाइसेन्स लिन्छ यो बारेमा धेरैलाई थाहा छैन । प्रयोगकर्ताले यस्ता अनुमति पहिलोपटक अकाउन्ट साइनअप गर्दाकै बखत दिने गर्छन् । 

अनि प्रत्येक पटक तपाईंले कुनै पनि सामग्री यी प्लेटफर्ममा अपलोड गरिरहँदा तपाईंले अनुमति दिइरहनु भएको हुन्छ । प्लेटफर्म प्रयोगको शर्तलाई लिएर यी सबै प्लेटफर्महरुका आआफ्नै भाष्य छन् । 

फेसबुक

फेबसुकसँग नन एक्सक्लुसिभ, ट्रान्सफरेबल, सब लाइसेन्सेबल, रोयल्टी फ्री र विश्वव्यापी लाइन्सेन्स छ । जसबाट तपाईंको सामग्रीलाई प्रयोग, वितरण, संसोधन, सञ्जालन, प्रतिलिपि, सार्वजनिक रुपमा चलाउन, प्रद्धर्शन, अनुवाद आदि गर्न सक्छ ।

उदाहरणका लागि यदि तपाईंले फेसबुकमा कुनै फोटो पोस्ट गर्नु भयो भने तपाईंको फोटोलाई कपी गर्न, स्टोर गर्न तथा तेस्रो व्यक्तिसँग शेयर गर्न फेसबुकलाई अनुमति हुन्छ । जबसम्म तपाईंले आफ्नो अकाउन्ट डिलिट गर्नुहुन्न तबसम्म यो कन्टेन्ट डिलिट हुँदैन । 

इन्स्टाग्राम 

इन्स्टाग्रामसँग पनि नन एक्सक्लुसिभ, ट्रान्सफरेबल, सब लाइसन्सेबल, रोयल्टी फ्री र विश्वव्यापी लाइन्सेन्स छ । जसबाट तपाईंको सामग्रीलाई प्रयोग, वितरण, संसोधन, सञ्जालन, प्रतिलिपि, सार्वजनिक रुपमा चलाउन, प्रदर्शन, अनुवाद आदि गर्नसक्छ । 

तपाईंले आफ्नो कन्टेन्ट वा अकाउन्ट डिलिट गरेर यो लाइसेन्स अन्त्य गर्न सक्नुहुन्छ । तर यदि तपाईंले आफ्नो कन्टेन्ट अरुसँग शेयर गर्नु भएको छ भने उनीहरुबाट समेत डिलिट नभएसम्म त्यो देखा परिरहन्छ । 

ट्वीटर

ट्वीटरसँग समेत नन एक्सक्लुसिभ, ट्रान्सफरेबल, सब लाइसन्सेबल, रोयल्टी फ्री र विश्वव्यापी लाइन्सेन्स छ । जसबाट तपाईंको सामग्रीलाई प्रयोग, वितरण, संसोधन, सञ्जालन, प्रतिलिपि, सार्वजनिक रुपमा चलाउन, प्रदर्शन, अनुवाद आदि गर्न सक्छ ।

सँगै तपाईंले ट्वीटरलाई ती सामग्रीहरु सुधार गर्न, प्रचार गर्न समेत अनुमति दिइरहनु भएको हुन्छ ।   

युट्युव

युट्युवमा आफ्नो सामग्री फीड गरेर तपाईंले फेसबुकलाई नन एक्स्क्लुसिभ, ट्रान्सफरेबल, सब लाइसन्सेबल, रोयल्टी फ्री र विश्वव्यापी लाइन्सेन्स प्रदान गर्नुहुन्छ । युट्युवले त्यसलाई आफ्नो व्यवसायिक प्रयोजनका लागि पनि प्रयोग गर्नसक्छ । 

यसरी तपाईको सामग्रीको स्वामित्व त तपाईंकै हातमा हुन्छ । तर सँगसँगै तपाईंले ती प्रत्येक प्लेटफर्मका शर्त सहमतिलाई समेत स्वीकार गर्दै उनीहरुको इच्छा अनुसार प्रयोग गर्ने लाइसेन्स प्रदान गरिरहनु भएको हुन्छ । 

सैद्धान्तिक रुपमा उनीहरुले त्यो लाइसेन्सलाई आफ्नो व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्छन् । साथै प्रत्येक रोयल्टी फ्री लाइसेन्सलाई अन्य थर्ड पार्टीसँग पनि शेयर गर्दछन् ।

तर तपाईंले उक्त भागको फाइदा पाउन सक्नु हुन्न । यसमा तपाईंले केही गर्न पनि सक्नुहुन्न । फेसबुकले तपाईंका तस्वीरहरुको प्रतिलिपि बनाइरहन्छ र बेचिरहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४