काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा विशेष छुट प्राप्त गर्ने भएका छन् । त्यसका लागि एनएमबी बैंक र सामसङ नेपालस्थित राष्ट्रिय बिक्रेता आईएमएसबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार एनएमबी बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गरिनेछ ।
उक्त सम्झौतमा बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक सेल्स र अपरेशन नारायण भुसालले हस्ताक्षर गरेका छन् ।
दशैंमा नयाँ मोबाइल खरिद गर्ने चाहना पुरा गर्ने उद्देश्यका साथ आईएमएसले यो अभियान सुरु गरेको जनाइएको छ ।
एनएमबी बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरिदमा १ हजार छुट वा १ हजारसम्म नगद फिर्ता पाउन सक्ने उल्लेख गरिएको छ ।