close

एलजीले ल्यायो एक करोडभन्दा महंगो टिभी

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ १९:३४

एलजीले ल्यायो एक करोडभन्दा महंगो टिभी

काठमाडौं । कम्पनीहरुले व्यक्तिको स्टाटस राख्ने गरी लक्जरियस उत्पादन बनाउन थालेका छन् । यसमा महंगा स्मार्टफोनदेखि होम अप्लायन्स तथा महंगा जुत्ता कसैको व्यक्तित्व तथा हैसियत नाप्ने मानक बन्न थालेका छन् ।

यस्तैमा कोरियन कम्पनी एलजीले एक करोड रुपैयाँभन्दा महंगो (८७ हजार डलर) मूल्य पर्ने टिभी तयार पारेको छ । जसलाई चाँडै सार्वजनिक गर्ने कम्पनीको योजना रहेको छ । 

यो खबर पढ्दै गर्दा पक्कै पनि तपाईंको मनमा आखिर यसमा के खास छ भन्ने प्रश्न उठेको हुनुपर्छ । यो टिभी किन यति धेरै महंगो भयो भन्ने विषयमा केही चर्चा गरौं । एलजीका अनुसार विश्वको पहिलो रोलेबल टिभीको ओभरसिज लञ्च अहिले नै तय भइसकेको छैन । 

किनभने हरेक देशमा कोरोना भाइरसको अवस्थाका आधारमा यो विषय तय हुनेछ । एलजीले आफ्नो यो टिभीको नाम एलजी सिग्नेचर ओलेड आर राखेको छ । 

आरको अर्थ रेभोल्युसन अर्थात क्रान्तिकारी हो । कम्पनी हाई इन्ड टिभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन चाहिरहेको छ र त्यसै अनुरुप यो कदम उठाइएको उसको भनाइ छ । 

एलजीले हालै मात्र एक वेबसाइट सार्वजनिक गरेको छ । जुन मुख्यतः सिग्नेचर ओएलईडी आरका लागि तयार पारिएको हो । यो वेबसाइटलाई भीभीआईपी ग्राहकबाट प्रिअर्डर प्राप्त गर्नका लागि बनाइएको हो । 

रोलेबल टिभी ६५ इन्चको छ र यो एउटा बक्सबाट निस्किने गर्दछ । साथै यसलाई प्रयोग गरिसकेपछि फेरी बक्समा रोल गर्न सकिन्छ । यो टिभीलाई  गत वर्ष अमेरिकामा आयोजित इलेक्ट्रोनिक्स शोको समयमा प्रस्तुत गरिएको थियो । 

-एजेन्सीकाे सहयाेगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०