close

नोकियाका ६३०० र ८००० मोडल पुनः सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १६:७

नोकियाका ६३०० र ८००० मोडल पुनः सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नोकियाले दुई नयाँ फोरजी फिचर फोन सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ६३०० फोरजी तथा नोकिया ८००० फोरजी फिचर फोन विश्वबजारमा सार्वजनिक गरेको हो ।

केही समय अगाडि मात्र यी फोनको फिचर लगायतको विवरण लिक समेत भएका थिए । नोकिया ६३०० र नोकिया ८००० एकताकाका निकै लोकप्रिय ह्याण्डसेट हुन् ।

कम्पनीले यी दुई वटा आईकनिक फोन पुनः बजारमा ल्याएको हो । नोकिया ६३०० फोरजीको कुरा गर्ने हो भने यो फोनमा प्लास्टिकको बडी राखिएको छ र २.४ इन्चको क्यूभीजीए डिस्प्ले भएको स्क्रिन दिइएको छ ।

न्युमेरिक किप्याड रहेको यो फोन काई ओएसमा चल्दछ । नोकिया ६३०० फोरजीमा क्वालकम स्नापड्रागन २१० प्रोसेसर राखिएको छ र ५१२ एमबी र्‍याम दिइएको छ ।

यो फोनमा माइक्रो एसडी कार्डको सपोर्ट समेत छ । दुईवटा सिम सपोर्ट गर्ने यो फोनमा भीजीए क्यामेरा राखिएको छ ।

नोकिया ६३०० फोरजीमा १५०० एमएएच क्षमताकको ब्याट्री रहेको छ । साथमा ३.५ एमएमको हेडफोन ज्याक पनि दिइएको छ ।

कनेक्टिभिटीका लागि यो फिचर फोनमा फोरजी एलटीई, ब्लुटुथ, ए-जीपीएस र एफएम रेडियो राखिएको छ ।

नोकिया ८००० मा के छ खास ?

नोकिया ८००० फोरजीको विशेष फिचरको कुरा गर्नुपर्दा यसमा २.८ इञ्चको डिस्प्ले दिइएको छ । यो फोनमा दुई मेगापिक्सेलको क्यामेरा राखिएको छ ।

यो फोन समेत क्वालकम स्नापड्रागन २१० मा चल्दछ । यसमा ५१२ एमबीको र्‍याम तथा चार जीबी स्टोरेज दिइएको छ । नोकिया ८००० फोरजीमा माइक्रो एसडी कार्डको सपोर्ट समेत छ ।

यसमा पनि १५०० एमएएच क्षमताकै ब्याट्री प्रयोग गरिएको छ । कनेक्टिभिटीका लागि यो फोनमा ब्लुटुथ, एलटीई र हेडफोन ज्याक राखिएको छ ।

नोकिया ८००० फोरजीको डिजाइनको कुरा गर्दा यो नोकिया ६३०० फोरजीको तुलनामा प्रिमियम देखिन्छ । यसमा थ्रीडी कर्भ्डको म्याट राखिएको छ ।

जसबाट एजलाई मोडिएको छ । डिजाइन राम्रो छ र यसमा ग्लास जस्तो देखिने एउटा शेल हेर्न पाइन्छ ।

दुवै फिचर फोनमा ह्वाट्सएप, युट्युव, फेसबुक चलाउन सकिन्छ । किन भने काई ओएसमा यी एपको सपोर्ट उपलब्ध छ ।

गुगल असिस्टेन्स र गुगल म्याप्स समेत यसमा प्रयोग गर्न सकिनेछ । यी फिचर फोनमा वाईफाई हटस्पटको फिचर समेत दिइएको छ । जसबाट तपाईंले चाहेको खण्डमा यी फोनमा वाईफाई चलाउनका लागि हटस्पट प्रयोग गर्न सक्नुहुनेछ ।

कति छ मूल्य ?

नोकिया ६३०० फोरजी हाल केही बजारमा मात्र उपलब्ध हुनेछ । नोकिया ६३०० फोरजीको ग्लोबल प्राइस ४९ युरो अर्थात करिब ६,८९८ रुपैयाँ रहेको छ ।

जब कि नोकिया ८००० फोरजीको मूल्य ७९ युरो अर्थात करिब ११,१२० रुपैयाँ छ । नेपाली बजारमा समेत यी फोनहरु चाँडै भित्रिन सक्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०