close

नयाँ म्याकका लागि एडोबले ल्यायो फोटोशपको बेटा भर्सन

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १२:२८

नयाँ म्याकका लागि एडोबले ल्यायो फोटोशपको बेटा भर्सन

काठमाडौं । सफ्टवेयर कम्पनी एडोबले एप्पल एम वान प्रोसेसर सहित हालै सार्वजनिक भएको म्याकका लागि फोटोसपको बेटा भर्सन ल्याएको छ । ‘एप्पल सिलिकन हार्डवेयरमा चल्ने म्याकका लागि फोटोशपको पहिलो बेटा रिलिजको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं,’ कम्पनीले एक वक्तव्यमा उल्लेख गरेको छ ।

एप्पल सिलिकनको लागि फोटोशपको यस प्रारम्भिक संस्करणले प्रयोगकर्ताको दैनिक फोटोशप सुविधाहरू प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । साथै कम्पनीले आउने दिनहरुमा थप सुविधा सहित म्याकका लागि फोटोशप सार्वजनिक गर्ने जनाएको छ ।

एडोबले नयाँ चिपसहितका म्याकमा फोटोशपको नियमित एक्स ८६ संस्करण चलाउन भने नसिकने उल्लेख गरेकाे छ । यसकारण एप्पलका पछिल्ला म्याकमा फाेटाेशप काम गर्न चाहने प्राेफेसनलहरूका लागि भने याे खुशीकाे खबर नहुन सक्छ ।

एप्पलले आफ्नो नोभेम्बर १० मा भएकाे कार्यक्रमको बेला नै एडोबले २०२१ को सुरुमा एप्पल सिलिकन एम १ को लागी आफ्नो प्रमुख क्रिएटिभ क्लाउड एप्लिकेशन जारी गर्ने योजना बनाइरहेकाे बताएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०