close

गुगलको पासवर्ड कहिले र कसरी परिवर्तन गर्ने ?

टेकपाना टेकपाना

मंसिर २८, २०७७ १५:०

गुगलको पासवर्ड कहिले र कसरी परिवर्तन गर्ने ?

काठमाडौं । कसैले तपाईंको गुगल अकाउण्टमा एक्सेस प्राप्त गर्न खोज्यो भने तपाईंलाई पप–अप म्यासेज आइरहेको हुन्छ । यदि त्यो तपाईंसँग सम्बन्धित होइन अर्थात तपाईंले लग–इन गर्न खोज्नु भएको हैन भने गुगलले तपाईंलाई ट–वे अथेन्टिकेस प्रयोग गर्न सुझाव दिन्छ ।

यदि तपाईंले उक्त एक्सेसका लागि लग–इन गर्ने खोज्नु भएको हैन र तपाईंले त्यस्तो खालको म्यासेज आएको खण्डमा तपाईंको गुगल अकाउण्टलाई सुरक्षित राख्नका लागि टु–वे अथेन्टीकेसन अपनाउनु सबैभन्दा राम्रो उपाए हो ।

टु–वे अथेन्टीकेसन भएको खण्डमा यदि कसैले तपाईंको जानकारी बिना गुगल अकाउन्टमा पहुँच राख्न खोजिररहेको छ भने उक्त व्यक्तिलाई तत्कालै ब्लक गर्न सक्नुहुनेछ ।

यसको अर्थ टु–वे अथेन्टीकेसन आवश्यक छ भन्ने हो । तर, बढीमा ३ महिनाको अवधिमा तपाईंले गुगलको पासवर्ड आफै पनि परिवर्तन गर्दा सबैभन्दा उपयुक्त हुनेछ । किनभने निरन्तर तपाईं पासवर्ड परिवर्तन गरिरहनु भएको छ भने त्यस्ता खालका समस्या कमै निम्तिन सक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई गुगलको पासवर्ड कहिले र कसरी परिवर्तन गर्ने भन्ने विषयको जानकारी दिँदै छौ । यदी तपाईंको अकाउण्ट कसैले एक्सेस पायो, अथवा ह्याक गर्‍यो भने तपाईंले तत्कालै पासवर्ड परिवर्तन गर्ने र पासवर्ड पनि अझ बलियो राख्न आवश्यक हुन्छ ।

त्यसका लागि गुगलको सहज प्रक्रिया छ । तै पनि तपाईंलाई कहाँ गएर र कसरी पासवर्ड परिवर्तन गर्ने भन्ने विषयमा जानकारी नभएको हुनसक्छ । त्यसैले यहाँ हामी गुगलको पासवर्ड परिवर्तन गर्ने विषयमा प्रक्रियागत रुपमा सिकाउँदै छौं । त्यसका लागि सुरुमा तपाईंको गुगल अकाउण्ट कुनै एक वेब ब्राउजरमार्फत लगइन भएको हुनुपर्नेछ ।

पासवर्ड कसरी परिवर्तन गर्ने ?

वेब ब्राउजरमा तपाईंको गुगल एकाउण्ट लगइन भएको खण्डमा उक्त ब्राउजरको साइडमा तपाईंले तपाईंको लगइन भएको एकाउण्टमा राखिएको फोटो गोलाकार आकारमा देख्नुहुनेछ । उक्त फोटोमा क्लिक गर्दा त्यहाँ ‘म्यानेज योर अकाउण्ट’ भन्ने अप्सन प्राप्त गर्नुहुनेछ । अथवा तपाईंले सोझै उक्त ब्राउजरमा myaccount.google.com टाइप गरी सर्च गर्नुहोस् ।

यदि गर्दा त्यहाँ तपाईंको गुगल प्राफाइल खुल्नेछ । उक्त पेजको बाँया साइडमा ‘सेक्युरिटी’ भन्ने अप्सन रहेको छ ।

googlepassworda.jpg

उक्त अप्सनमा क्लिक गर्दा त्यहाँ विभिन्न विकल्पहरु उपलब्ध हुनेछन् । त्यसमध्य ‘रिसेन्ट सेक्युरिटी एक्टीभिटी’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् र त्यसभित्र रहेको ‘रिभ्यु सेक्युरिटी इभेन्ट’ मा क्लिक गर्नुहोस् ।

googlepasswordb.jpg

त्यसमा क्लिक गरेसँगै तपाईंको गुगल अकाउण्ट भएको अनाधिकृत पहुँचका बारेमा जानकारी उपलब्ध हुनेछ । यदि पछिल्लो २८ दिनमा त्यस्तो खालको कुनै काम भएको छैन् भने उक्त स्क्रिनमा कुनै त्यस्ता क्रियाकलाप नभएको भनी जानकारी दिनेछ ।

googlepasswordc.jpg

यदि तपाईंले लामो समयदेखि पासवर्ड परिवतर्न गर्नु भएको छैन र तपाईंको गुगल अकाउण्टमा कुनै अनाधिकृत पहुँचको प्रयास भएको खण्डमा त्यसको तल तपाईंलाई गुगलको पासवर्ड परिवर्तन गर्ने अप्सन दिएको हुनेछ । ‘चेन्ज योर पासवर्ड’ अप्सनमा क्लिक गर्नुहोस् ।

googlepasswordd.jpg

उक्त अप्सनमा क्लिक गर्दा तपाईंलाई गुगलले एकपटक तपाईंले हाल प्रयोग गरिरहेको गुजर नेम र पासवर्डमार्फत लगइन गर्न भन्ने छ । तपाईंले जब लगइन गर्नुहुनेछ त्यहाँ तपाईंलाई गुगलको पासवर्ड परिवर्तन गर्न दिनेछ ।

यती प्रक्रिया अपनाएर तपाईंले आफ्नो गुगलको पासवर्ड परिवतर्न गर्न सक्नुहुनेछ । तर, त्यसरी पासवर्ड परिवतर्न गर्दा गुगलले सबै डिभाइसबाट लगआउट गर्ने की नगर्ने भनी तपाईंले सोध्नेछ । त्यस्तोमा तपाईंले सबै डिभाइसबाट लगआउट गर्ने भन्ने अप्सनमा क्लि गर्न भनी आवश्यक छ ।

यदी तपाईंले त्यसो नगर्नु भएको खण्डमा अन्य डिभाइसबाट तपाईंको जिमेल आउट हुनेछैन भने ह्याकरले निरन्तर तपाईंको गुगल अकाउण्टमा एक्सेस पाइरहने छ । भने, अघि भने जतै अन्त्यमा टु वे भेरिफिकेशनलाई पनि इनेवल गर्नु आवश्यक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४