close

यस पटकको लिट्रेचर फेस्टिभल अनलाइनमै हुने

टेकपाना टेकपाना

मंसिर २८, २०७७ २०:०

यस पटकको लिट्रेचर फेस्टिभल अनलाइनमै हुने

काठमाडौं । आईएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण भर्चुअल रुपमा हुने भएको छ । कोभिड १९ को जोखिम कायमै रहेको र नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भन्दै आयोजकले यस पटकको फेस्टिभल अनलाइनमै आयोजना गर्ने भएको हो ।

यही डिसेम्बरमा आयोजना हुने फेस्टिभलका समग्र कार्यक्रमको मिति घोषणा तथा शत्रहरुबारेको विस्तृत जानकारी आगामी साता सार्वजनिक गरिने संयोजक निरज भारीले जानकारी दिए । फाइन प्रिन्टले हरेक वर्ष पोखरामा लिट्रेचर फेस्टिभल आयोजना गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४