close

सधैंका लागि बन्द हुने भयो एडोबी फ्ल्याश

टेकपाना टेकपाना

मंसिर २८, २०७७ १३:१९

सधैंका लागि बन्द हुने भयो एडोबी फ्ल्याश

काठमाडौं । एडोबी फ्ल्याश सधैंका लागि बन्द हुने भएको छ । विभिन्न डिभाइस तथा वेबसाइटमा मल्टिमिडिया सामग्रीका लागि प्रयोग हुँदै आएको यो सफ्टवेयर अब आफ्नो अन्त्यको नजिक पुगेको हो ।

कम्पनीले हालै सफ्टवेयरका लागि अन्तिम अपडेट जारी गरेको छ र सँगसँगै उसले यो सफ्टवेयरका लागि ३१ डिसेम्बरपछि सपोर्ट उपलब्ध नहुने घोषणा समेत गरेको छ । साथै आउँदो १२ जनवरीदेखि यसले प्लेयरमा रनिङ हुने फ्ल्याश कन्टेन्टलाई ब्लक समेत गर्नेछ ।

त्यसैले यदि यो सफ्टवेयर तपाईंको कम्प्युटरमा छ भने अनइन्स्टल गरिहाल्नुहोस् । त्यसो त फ्ल्याश अन्त्य हुने चर्चा यस अघिका केही वर्षदेखि हुँदै आएको छ ।

सन् २०१६ मा मोजिल्ला फायरफक्स र गुगल क्रोमले वेबहरुमा यसलाई ब्लक गर्न सुरु गरेका थिए । एडोबीले अब भने २०२० को अन्त्यसँगै यसलाई बन्द गर्ने भएको हो ।

एडोबी फ्ल्यास कुनै समय वेबलाई जीवन नै दिएको थियो । जसले अनलाइनमा भिडियो स्ट्रिमिङ, एनिमेसन, गेम र अन्तरक्रियात्मक सामग्रीलाई सपोर्ट दिने गर्दथ्यो ।

तर दुःखद कुरा के भइदियो भने बग तथा भल्नरेबिलिटीका कारण यसले प्रयोगकर्तालाई वर्षौंसम्म ह्याक हुने जोखिममा पारिदियो । गएको सेप्टेम्बरमा मात्र थाहा हुन आयो कि एप्पलले गल्तिपूर्ण तरिकाले फ्ल्याशमा बनेको म्याक मालवेयरलाई चेतावनी बिना नै रन हुन दिनेगरेको थियो ।

जसले प्रयोगकर्ताको डेक्सटपमा विज्ञापनहरु देखाउने गर्दथ्यो । सौभाग्य नै भन्नुपर्छ, करिब ६ वर्षअघि एचटीएमएल फाइभ आयो ।

जसले डेभलपरहरुलाई फ्ल्याशमा जस्तै उच्च गुणस्तरिय अन्तरक्रियात्मक सामग्री तथा एनिमेसन तयार पार्ने शक्ति र लचकता प्रदान गर्‍यो । जसमा कुनै खालको सुरक्षा कमजोरी समेत थिएन ।

फ्ल्याशले वेबमाथि प्रयोगकर्ताको अनुभवमा क्रान्तिसँगसँगै एउटा तनावको श्रृङ्खला समेत साथमै ल्याएको थियो । फ्ल्याश प्वाइन्टमा फ्ल्याशमा प्रयोगकर्ताको रमाइलोका लागि ३५ हजार गेमहरु तयार पारिएका थिए ।

फ्ल्याशको विदाईमा यति त भन्नैपर्छ, तिमी बिना आज डब्लूडब्लूडब्लू यो अवस्थामा आइपुग्नेे थिएन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४