close

सस्तो मूल्यको उत्कृष्ट फोन पोको एक्स थ्री एनएफसी नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

पुस ५, २०७७ १५:२८

सस्तो मूल्यको उत्कृष्ट फोन पोको एक्स थ्री एनएफसी नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । पोको स्मार्टफोन ब्राण्डले आफ्नो नयाँ स्मार्टफोन पोको एक्स थ्री एनएफसी नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रविधि र गेमिङमा उत्साही युवाहरुलाई लक्षित गर्दै तयार पारिएको यो स्मार्टफोन आइतबारदेखि नेपाली बजारमा आएको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स थ्री नेपालमा सार्वजनिक गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । ‘यो फोनमार्फत क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्नापड्रागन ७३२ जीको डेब्यु पनि भएको छ,’ उनले भने ।

५१६० एमएएच ब्याट्री राखिएको यो फोन एक पटक फुल चार्ज गर्दा दुई दिनसम्म टिक्ने कम्पनीको दाबी छ । जसका लागि ३० वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ ।

जसबाट ३० मिनेटमा ६२ प्रतिशतसम्म तथा ६५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ, तर चार्ज हुन्छ ।फोनमा १२० हर्ज प्लस २४० हर्ज डिस्प्ले राखिएको छ ।

क्वालकम स्नापड्रागन ७३२ जी अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर हो । जसले गेमरलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।

पोको एक्स थ्री एनएफसीमा एज टु एज ६.६७ इन्च फुल एचडी प्लस डट डिस्प्ले राखिएको छ । जसमा १२० हर्ज रिफ्रेश रेट तथा २४० हर्ज स्याम्पलिङ रेट रहेको छ ।

फोनमा एआईमा आधारित ६४ एमपी क्यामेरा सहित क्वाड क्यामेरा सेटअप दिइएको छ । त्यसको साथमा १३ एमपी अल्ट्रा—वाइड एंगल लेन्स, दुई एमपी म्याक्रो क्यामेरा र दुई एमपीकै डेप्थ सेन्सर राखिएको छ ।

फोनको मुख्य क्यामेरा एक फ्ल्यागशिप सोनी आईएमएक्स ६८२ सेन्सर हो । जसले एक एफ/१.८९ अपार्चर र १.६ माइक्रोनमिटरको फोर ईन वान सुपर पिक्सेलका साथ भिडियो रेकर्ड गर्न सक्दछ ।

छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा आएको यो फोनको मूल्य ३१ हजार ९९९ रुपैयाँ राखिएको छ । जुन स्याडो ग्रे र कोबाल्ट ब्लू कलर भेरियन्टमा उपलब्ध छ ।

कम्पनीका अनुसार मी प्रिफर्ड पार्टनर र अनलाईन पार्टनर डराज डट कम र सस्तो डिल मार्फत यो फोन खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०