close

डिशहोम फाइबर नेटको जडानमा अब नि:शुल्क डिशहोम टिभी

टेकपाना टेकपाना

पुस १४, २०७७ १४:४७

डिशहोम फाइबर नेटको जडानमा अब नि:शुल्क डिशहोम टिभी

काठमाडौं । डिशहोम फाइबरनेटका प्रयोगकर्ताले अब नि:शुल्क रुपमा डिशहोम टिभी हेर्न पाउने भएका छन् । त्यसका लागि कम्पनीले ‘डिशहोम फाइबरनेट’ मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ ।

जसअन्तर्गत डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क नलाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फाइबर इन्टरनेट सेवा हाल भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कपन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उपलब्ध भइरहेको छ ।

निःशुल्क जडान गरिने डिशहोम फाइबरनेट ३ महिना, ६ महिना र १२ महिना गरी विभिन्न प्याकेज उपलब्ध रहेको छ । कम्पनीका अनुसार वार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क रहेको छ ।

फाइबर नेट सेवा लिनका लागि उपभोक्ताले नजिकको डिशहोम डिलर दाइलाई सम्पर्क गरी अथवा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिनेछ । विगत एक दशकभन्दा बढी समयदेखि डीटीएच सेवा प्रदान गर्दै आएको डिशहोमले केही समय अघिबाट इन्टरनेट सेवा सुरु गरेको हो ।

हाल काठमाडौं उपत्यका भित्रमात्रै रहेको यो सेवालाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०