close

इन्टरनेटबाट जोखिममा परेका बालबालिकाका लागि चाइल्ड हेल्पलाइन एप

टेकपाना टेकपाना

माघ ७, २०७७ ७:४९

इन्टरनेटबाट जोखिममा परेका बालबालिकाका लागि चाइल्ड हेल्पलाइन एप

काठमाडौं । डिजिटल युगमा सबैको हात हातमा मोबाइल फोन, ल्यापटप डिभाइस र घर घरमा इन्टरनेट पहुँच छ । तर यसलाई कसरी सुरक्षित प्रयोग गर्ने र यसबाट हुनसक्ने सम्भावित जोखिमका बारेमा सबैलाई जानकारी हुँदैन । 

इन्टरनेटको सुरक्षित प्रयोगबारे सिकाई र अभ्यास नहुँदा यसको सबैभन्दा ठूलो जोखिममा बालबालिका पर्ने गर्छन् । नेपालमा बाल अधिकारका लागि काम गर्दै आएको गैरसरकारी संस्था सीवीन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरका अनुसार इन्टनेट अनलाइनमा यौन दुर्व्यवहार तथा विभिन्न जोखिममा बालबलिकाहरु पर्ने गरेका छन् । 

तर समस्यामा परेपछि त्यहाँबाट कसरी बाहिर आउने भन्ने जानकारी र ज्ञान सबैमा हुँदैन । यसैले त्यसरी जोखिममा फँसेका बालिबालिकाहरुले अब सीवीन नेपाल र नेपाल सरकारले चलाएको बाल हेल्पलाइन नम्बर १०९८ मा नि:शुल्क सम्पर्क गरी आफ्नो समस्याको उजुरी दिन सक्छन् । 

साथै सीवीनले नै तयार गरेको मोबाइल एप चाइल्ड हेल्पलाइन नेपाल डाउनलोड गरी रिपोर्ट गर्न सक्नेछन् । 

एपमार्फत बालिबालिकाहरुले इमर्जेन्सी नम्बरमा सम्पर्क गर्न तथा हराएको बालबालिकाको मिसिङ रिपोर्ट दर्ता गर्न, समस्याको रिपोर्ट गर्न तथा परामर्श लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३