close

५००० एमएएच ब्याट्री सहित रियलमीले ल्यायो हालसम्मकै दोस्रो सस्तो फोन

टेकपाना टेकपाना

माघ २३, २०७७ १२:३६

५००० एमएएच ब्याट्री सहित रियलमीले ल्यायो हालसम्मकै दोस्रो सस्तो फोन

काठमाडौं । स्मार्टफाेन ब्राण्ड रियलमीले हालै ‘भी’ सिरिज अन्तर्गत नयाँ फाइभजी स्मार्टफोन ‘भी ११’ सार्वजनिक गरेको छ । यो फोन कम्पनीको हालसम्मकै दोस्रो सस्तो स्मार्टफोन रहेको बताइएको छ ।

एन्ड्रोइड ११ मा चल्ने फोनमा ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ । त्यस्तै यसमा ६० हर्जको रिफ्रेस रेट सहितको ६.५२ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ ।

यो फोन (४/१२८ जीबी भेरियन्ट) चिनियाँ बजारमा ११९९ यूआन अर्थात् २१ हजार ५ सय रुपैयाँमा उपलब्ध छ । साथै ६/१२८ जीबी भेरियन्टमा पनि याे फाेन उपलब्ध छ ।

फोनमा प्रयोग भएको प्रोसेसरको कुरा गर्दा यसमा मिडियाटेक डाइमेन्सिटी ७०० रहेको छ । फोनको पछाडि २ वटा क्यामेरा सेटअप छ, जसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा छ र २ मेगापिक्सेलको डेप्थ क्यामेरा छ । सेल्फीका लागि ८ मेगापिक्सेलकाे क्यामेरा दिइएकाे छ ।

यो फोन विशेषगरी गेम खेल्न रुचाउनेहरुका लागि लक्षित गरी ल्याइएको बताइएको छ । अन्य विशेषताको कुरा गर्दा यसमा चार्जिङका लागि युसबी टाइप सी छ भने फाेनले फास्ट चार्जिङ सपाेर्ट गर्दछ ।

सुरक्षाका लागि फाेनमा फिंगरप्रिन्टर रिडरकाे सुविधा दिइएकाे छ । कम्पनीले थोरै मूल्यमा सकभर धेरै फिचर दिने प्रयास गरेको छ ।

यो फोन नेपाली बजारमा तत्काल आउने कुराबारे स्पस्ट जानकारी आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१