close

डेटिङ एप बम्बलकी संस्थापक विट्नी बनिन् विश्वकै कान्छी अर्बपति

टेकपाना टेकपाना

फागुन ३, २०७७ १०:५९

डेटिङ एप बम्बलकी संस्थापक विट्नी बनिन् विश्वकै कान्छी अर्बपति

काठमाडौं । अनलाइन डेटिङ एप बम्बलकी सीईओ तथा संस्थापक विट्नी वल्फ हर्ड सबैभन्दा कम उमेरकी महिला अर्बपति बन्न सफल भएकी छन् । उनको कम्पनी बम्बल अमेरिकामा पब्लिक कम्पनीमा सूचीकृत भएसँगै उनको नाममा सबैभन्दा कम उमेरकी महिला अर्बपतिको रेकर्ड बनेको हो ।

बम्बल विश्वकै दोस्रो ठूलो अनलाइन डेटिङ एप हो । कम्पनीमा वल्फ हर्डको करिब १२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

३१ वर्षीया विट्नी वल्फ हर्डको स्वामित्वमा अहिले १ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति छ । बम्बलको शेयर आईपीओमा प्रति शेयरको मूल्य ४३ डलरबाट बढेर ७६ डलर पुगेको छ ।

वल्फ हर्डले ट्वीट गर्दै बम्बल पब्लिक कम्पनी बनेको उल्लेख गरिकी छिन् । वल्फ हर्डले सन् २०१४ मा विश्वकै सबैभन्दा लोकप्रिय डेटिङ एप टिण्डर छोडेपछि बम्बल स्थापना गरेकी थिइन् ।

टिण्डरमा उनले सेक्सुअल हरासमेन्टको विषयलाई लिएर मुद्दा दर्ता गरेकी थिइन् । जसमा उनले आफ्ना पुराना बोस तथा ब्वाइफ्रेण्ड जस्टिन मेटेनलाई आरोपित गरेकी थिइन् ।

वल्फलाई टिण्डरको सह संस्थापकबाट हटाउने धम्की दिइएको थियो । यद्यपी टिण्डरले यी आरोपको खण्डन गरेको थियो । क्रमशः यो मामिला सुल्झिसकेको छ ।

त्यसपश्चात वल्फ लण्डन स्थित रुसी अर्बपति एन्ड्रे एन्ड्रिवसँग काम गर्न थालिन् । जसले यूरोपीय तथा ल्याटिन अमेरिकी बजारका लागि डेटिङ एपको रुपमा बम्बल बनाइरहेका थिए ।

बम्बलमा महिलालाई दिइएको विशेष भूमिकाले यसलाई खास बनाएको छ । यो एपमा केवल महिलाहरुले मात्र पहिलो पटक आउटरिच दिन सक्छन् ।

म्याच ग्रुप जसको डेटिङ एप टिण्डर छ, उसको बजार पूँजी ४५ अर्ब डलर छ । सन् २०१७ मा म्याच ग्रुपले बम्बललाई ४५० मिलियन डलरमा खरिद गर्ने कोशिस गरेको थियो ।

जसलाई वल्फ हर्डको नेतृत्वमा रहेको कम्पनी बम्बलले अस्वीकार गरिदिएको थियो । बम्बलले सन् २०२० को पहिलो नौ महिनामा मात्र ४१७ मिलियन डलरको आम्दानी गरेको थियो ।

जसको एक वर्ष अघि कम्पनीले ३६३ मिलियन डलर आम्दानी गरेको थियो । अर्कोतर्फ म्याच ग्रुपले सन् २०२० को पहिलो नौ महिनामा १.७ अर्ब डलर तथा त्यसको अघिल्लो वर्ष १.५ अर्ब डलर आम्दानी गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३