close

एन्ड्रोइडमा आधारित ह्वावेको ‘नोभा ८ आई’ सार्वजनिक, ३८ मिनेटमा फुल चार्ज हुने

टेकपाना टेकपाना

असार २३, २०७८ १३:२३

एन्ड्रोइडमा आधारित ह्वावेको ‘नोभा ८ आई’ सार्वजनिक, ३८ मिनेटमा फुल चार्ज हुने

काठमाडौं । चिनियाँ ब्राण्ड ह्वावेले नोभा ८ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै मलेसियाली बजारमा ‘नोभा ८ आई’ फोन सार्वजनिक गरेको हो । योसँगै नोभा ८ सिरिजमा कूल ५ वटा स्मार्टफोन समावेश भएका छन् ।

यसअघि कम्पनीले नोभा ८ फाइभजी, नोभा ८ प्रो फोरजी, नोभा ८ प्रो फाइभजी र नोभा ८ एसई बजारमा ल्याएको थियो । नोभा ८ आई मा ह्वावेकै ‘एजलेस’ डिस्प्ले प्रयाेग गरिएकाे छ, जसमा ६.६७ इन्चको फुल एचडी प्लस एलसीडी डिस्प्ले रहेकाे छ ।

यो फोनको पछाडि ४ वटा क्यामेरा सेटअप छ, जसमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहनेछ । साथै फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ ।

स्न्यापड्रागन ६६२ चिपसेट रहेकाे फाेनमा ६ जीबी/८ जीबी र्‍याम र १२८ जीबीको इन्टर्नल स्टोरेज छ । एन्ड्रोइड १० र एमयूआई ११ मा चल्ने फोनमा ४३०० एमएएचको ब्याट्री क्षमता छ, जसमा ६६ वाटको चार्जर छ । यसबाट ३८ मिनेटमा फुल चार्ज र १७ मिनेटमा ६० प्रतिशत चार्ज हुने जनाइएकाे छ ।

मलेसियामा यो फोनको प्रिअर्डर सुरू गरिएको छ, जसको मूल्य १२९९ रिङ्गिट अर्थात् नेपाली ३७ हजार रूपैयाँकाे हारहारीमा ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३