close

ओप्पोमा मर्ज भएपछि वनप्लसको ‘चिटिङ’, बेञ्चमार्क सूचीकरणबाट हटाइए २ स्मार्टफोन

टेकपाना टेकपाना

असार २४, २०७८ १६:४८

ओप्पोमा मर्ज भएपछि वनप्लसको ‘चिटिङ’, बेञ्चमार्क सूचीकरणबाट हटाइए २ स्मार्टफोन

काठमाडौं । हालै ओप्पोसँग मर्ज भएको वनप्लसको चिटिङ फेला परेको छ । कम्पनीको नयाँ स्मार्टफोन वनप्लस ९ प्रो र वनप्लस नाइनको स्कोरिङमा गडबडी गरेपछि बेञ्चमार्किङ प्लेटफर्म गिकबेञ्चले कारबाही स्वरुप अनलिस्टिङ गरेको हो ।

एक जना टिप्सटरले ट्वीट गर्दै यसको विषयमा जानकारी बाहिर ल्याएका छन् । बताइएअनुसार वनप्लसले आफ्ना दुई वटा स्मार्टफोनको बेञ्चमार्किङ स्कोरमा चिटिङ गरेको थियो ।

जसका कारण गिकबेञ्चले कम्पनीका दुवै स्मार्टफोनको पोस्ट डिलिट गरेको हो । गिकबेञ्चले ट्वीट गर्दै वनप्लस ह्याण्डसेटको एप्लिकेसन व्यवहारको साटो एप्लिकेसन आइडेन्टिफायरको आधारमा पर्फर्मेन्स देखाउनु निकै निराशाको विषय भएको बताएको छ ।

‘हामी यसलाई बेञ्चमार्क हेरफेर गरेको अर्थमा लिन्छौं । जसका कारण हामीले आफ्नो एन्ड्रोइड बेञ्चमार्क सूचीबाट वनप्लस ९ र वनप्लस ९ प्रोलाई हटाएका छौं ।’ गिकबेञ्चले अगाडि बढ्दै भनेको छ कि सबै वनप्लस फोनको टेस्टिङ पुनः जाँच गरिनेछ ।

जसबाट वास्तवमै कम्पनीका अन्य डिभाइसमा पनि त्यस्तै बढाई चढाई गरिएको छ वा वास्तविक तथ्य उल्लेख छ भन्ने कुरा स्पष्ट हुनेछ । यसको अर्थ कम्पनीको ल्याबमा बाँकी वनप्लस स्मार्टफोनको टेस्टिङ गरिनेछ ।

यदि अन्य स्मार्टफोनमा समेत त्यस किसिमको फेरबदल वा गडबडी भएको पाइए त्यस्ता स्मार्टफोनलाई समेत बेञ्चमार्क चार्टबाट हटाइनेछ । आनन्दटेक नामक एक टिप्सटरका अनुसार वनप्लस ९ प्रोको सफ्टवेयरले एउटा एप्लिकेसन डिटेक्सन संयन्त्र प्रयोग गरिरहेको थियो ।

जसले जानाजान गुगल क्रोम, फायरफक्स, जुम, ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम जस्ता एप प्रयोग गरिरहेको थियो । टेस्टिङको दौरान स्लो स्पिडमा ब्राउजर बेञ्चमार्किङ स्कोर बजारमा रहेका अन्य कुनै पनि स्नापड्रागन ८८८ चिपसेट प्रयोग गरिएका डिभाइसभन्दा भिन्न देखिन्थ्यो ।

यससँगै अब वनप्लसले यस्तो किन गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ । कम्पनीले यस विषयमा हालसम्म कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन । यद्यपि आफ्ना डिभाइसको पावर इफिसेन्सी र ब्याट्री लाइफ बढाउन कम्पनीले यस्तो गरेको हुनसक्ने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३