close

अब साओमीको स्मार्टफोन ८ मिनेटमै फुल चार्ज हुने

टेकपाना टेकपाना

साउन ३२, २०७८ २०:५६

अब साओमीको स्मार्टफोन ८ मिनेटमै फुल चार्ज हुने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले यस अघि नै घोषित गरेको हाइपरचार्ज प्रविधिमा आधारित स्मार्टफोन आउँदो वर्ष सार्वजनिक हुने भएको छ । हाइपर चार्ज सपोर्ट गर्ने मोबाइल वायरलेस रुपमा १२० वाट तथा वायर्ड तरिकाबाट २०० वाट क्षमताको फास्ट चार्जरबाट चार्ज गर्न सकिने ।

कम्पनीले यो प्रविधि सुरुवाती रुपमा साओमीको आगामी फ्ल्यागशिप स्मार्टफोनमा प्रयोग गर्ने बताइसकेको छ । पछिल्लो मिडिया रिपोर्टअनुसार साओमीले आउँदो साल सार्वजनिक गर्ने मि म्याक्स ५ स्मार्टफोनमा यो प्रविधि प्रयोग गर्ने भएको हो ।

माइड्राइभर्सको रिपोर्टमा दाबी गरिएको छ कि साओमीले आफ्नो नयाँ हाइपरचार्ज प्रविधि आउँदो वर्ष प्रयोगका लागि सार्वजनिक गर्नेछ । आउँदो वर्ष यो प्रविधि सबैभन्दा पहिला मि म्याक्स ५ स्मार्टफोनमा प्रयोग दाबी रिपोर्टमा गरिएको छ ।

यद्यपि त्यसमा १२० वाटको वायरलेसको साटो ५० वाटको वायरलेस चार्जिङ सपोर्ट हुनेछ । तर हाइपरचार्ज प्रविधिले १२० वाटसम्मको वायरलेस चार्जिङ सपोर्ट गर्दछ । कम्पनीले यस वर्ष आफ्नो फ्ल्यागशिप स्मार्टफोनको रुपमा मि म्याक्स ४ सार्वजनिक गरिसकेको छ ।

जसमा १२० वाटको वायर्ड फास्ट चार्जिङ प्रविधिको प्रयोग गरिएको छ । जुन कम्पनीले विकास गरेको अहिलेसम्मकै फास्ट चार्जिङ प्रविधि हो ।

बताइए अनुसार हाइपरचार्जले वायर्ड तरिकाबाट ४००० एमएएच क्षमताको ब्याट्री केवल तीन मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्दछ भने  फुल चार्ज हुन केवल ८ मिनेट लाग्दछ । साथै १२० वाटको वायरलेस चार्जिङबाट ४००० एमएएच क्षमताको ब्याट्री एक मिनेटमा १० प्रतिशत, सात मिनेटमा ५० प्रतिशत र १५ मिनेटमा १०० प्रतिशत चार्ज हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१