close

रोनाल्डो प्रभावः ट्राफिक बढी हुँदा साउदी क्लबको वेबसाइट डाउन

टेकपाना टेकपाना

पुस २१, २०७९ ९:१४

रोनाल्डो प्रभावः  ट्राफिक बढी हुँदा साउदी क्लबको वेबसाइट डाउन

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको फुटबल क्लब अल-नासरले अनुबन्ध गरेपछि क्लबको वेबसाइट डाउन भएको छ ।

मंगलबार राति मात्रै क्लबले कार्यक्रम गरी भव्य स्वागत गरेकाे थियाे । यसपछि क्लबको साइटमा बढी ट्राफिक आउँदा साइट डाउन भएको बुझिएकाे छ । त्यस्तै उक्त क्लबको इन्स्टाग्राम अकाउन्टमा फलोअरको सङ्ख्या तीव्र रूपमा बढ्ने क्रम जारी छ ।

३१ डिसेम्बरमा रोनाल्डोले आफू उक्त क्लबमा अनुबन्ध भएको जानकारी दिएका थिए । सोही दिनदेखि क्लबको अकाउन्टमा फलोअरको सङ्ख्या बढ्ने क्रम जारी छ ।

रोनाल्डोलाई अनुबन्ध गराउनुअघि उक्त क्लबको अकाउन्टमा आठ लाख ६० हजारमात्रै फलोअर थिए । अहिले फलोअर सङ्ख्या बढेर ९४ लाख पुगेको छ । अर्थात् पाँच दिनभन्दा कम समयमा उक्त क्लबको फलोअर सङ्ख्या ९० प्रतिशतले बढेको छ ।

रोनाल्डोले साउदी क्लबबाट वार्षिक २०० मिलियन युरोभन्दा बढी पारिश्रमिक पाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ ९:१४