close

सस्तो एयरपड सार्वजनिक गर्ने तयारीमा एप्पल, कति होला मूल्य ?

टेकपाना टेकपाना

पुस २३, २०७९ १७:२१

सस्तो एयरपड सार्वजनिक गर्ने तयारीमा एप्पल, कति होला मूल्य ?

काठमाडौं । एप्पलका उत्पादनहरू सस्तोमा उपलब्ध हुन निकै गाह्रो छ । अन्य कम्पनीहरू जस्तो एप्पलले सस्तो, मिडरेन्ज र महँगो गरेर आफ्नो उत्पादनको वर्गीकरण गर्दैन । यसबिच कम्पनीले सस्तो मूल्यको एयरपड सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी बाहिरिएको छ । 

इन्ट्रि लेभलको उत्पादनको रुपमा कम्पनीले 'एयरपड लाइट' नाम सहित सस्तो मूल्यको एयरपड सार्वजनिक गर्ने तयारी गरेको हो । एप्पलको थर्ड जेनेरेसन एयरडले राम्रो बजार नपाएपछि कम्पनीले यो वर्ष एयरपड लाइट सार्वजनिक गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ । 

योसँगै कम्पनीले फोर्थ जेनेरेसनको एयरपड सार्वजनिक गर्छ वा गर्दैन भन्ने विषयमा प्रश्न भने उठेको छ । कम्पनीले एयरपड लाइटको मूल्य भने ९९ डलर (१३ हजार रुपैयाँ भन्दा बढी) हुने बताइएको छ । हाल बजारमा उपलब्ध एयरपडहरू २० हजार रुपैयाँ भन्दा माथि मूल्यका छन् ।     

पछिल्लो अध्यावधिक: पुस २३, २०७९ १७:२१