close

साओमीका डिभाइस खरिद गर्न नबिल बैंकका ग्राहकलाई निर्ब्याजी किस्ता

टेकपाना टेकपाना

माघ १८, २०७९ ११:३०

साओमीका डिभाइस खरिद गर्न नबिल बैंकका ग्राहकलाई निर्ब्याजी  किस्ता

काठमाडौंः नबिल बैंकका ग्राहकलाई साओमी ब्राण्डका सामान  खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र साओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंक ग्राहकले साओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्नेछैन । यस्तो सुविधा तीन महिना र छ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

शून्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउन पेमेन्ट गरी साओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सकिनेछ । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउन पेमेन्ट गरेमा ब्याज नलागे पनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । 

हाल यो सुविधा नबिल बैंकका क्रेडिट कार्ड होल्डरहरूको लागि मात्र उपलब्ध गराइएको छ । 
 

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ ११:३१