काठमाडौं । मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले निःशुल्क सिम वितरण गर्न थालेका छन् । भृकुटीमण्डपमा आजदेखि सुरु भएको क्यान इन्फोटेक मेलामा दुवै कम्पनीले निःशुल्क सिम वितरणको योजना सञ्चालनमा ल्याएका छन् ।
साथै मेलामा आएका अवलोकनकर्ताले स्टलबाट आफ्नो मोबाइलका लागि नि:शुल्क ई-सिम अपग्रेड गर्न पाउने कम्पनीले उल्लेख गरेका छन् ।