close

नेपाल टेलिकमको पोस्टपेड बिलिङमा समस्या

टेकपाना टेकपाना

फागुन ४, २०७९ ११:२१

नेपाल टेलिकमको पोस्टपेड बिलिङमा समस्या

काठमाडौं । नेपाल टेलिकमकाे पोस्टपेड सिमको हिसाब व्यवस्थापन गर्ने प्रणालीमा समस्या आएको छ । याे समस्याका कारण पोस्टपेड ग्राहक प्रभावित भएका छन् ।

प्रणालीमा आएको समस्याका कारण धेरै प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार भइरहेको छ ।

पछिल्लो केही समय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी टेलिकमका प्रणालीमा एकपछि अर्को गर्दै समस्या देखिन थालेको छ । बुधबारमात्रै कम्पनीको नेटर्वकमा समस्या आउँदा माेबाइल सेवा प्रभावित बनेकाे थियो । उक्त समस्या समाधान नहुँदै पोस्टपेडको बिलिङ सिस्टममा समस्या देखिएको छ ।

''कम्पनीको पोस्टपेड बिलिङ रनमा समस्या आएको हाे,’ कम्पनीका प्रवक्ता शाेभन अधिकारीले भने, ‘चाँडाे समाधानका लागि प्राविधिक टिम खटिरहेको छ ।’
 

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ ११:२७