close

काठमाडौं विश्वविद्यालयमा रोबोटिक्स प्रदर्शनी हुँदै, केके छन् आकर्षण ?

टेकपाना टेकपाना

फागुन १५, २०७९ १२:४८

काठमाडौं विश्वविद्यालयमा रोबोटिक्स प्रदर्शनी हुँदै, केके छन् आकर्षण ?

काठमाडौं युनिभर्सिटी रोबोटिक्स क्लबले यही फागुन १८ देखि १९ सम्म वार्षिक रोबोटिक्स प्रदर्शनी “यार्सा टेक आविष्कार २३ ” आयोजना गर्ने भएको छ । प्रदर्शनी काभ्रे धुलीखेल स्थित काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजना हुनेछ ।

यार्सा टेक आविष्कार एक रोमाञ्चक प्रदर्शनी हुने आयोजकले जनाएको छ । जहाँ रोबोटिक्सको क्षेत्रमा क्लबले गरेका परियोजना र प्रविधिहरू प्रदर्शनमा राखिनेछ ।

कार्यक्रमले विद्यार्थी र यस छेत्रमा संलग्न मानिसहरूलाई  एकै स्थानमा ल्याउन र आफ्ना विचार, परियोजना र ज्ञान शेयर गर्ने मञ्च प्रदान गर्नेछ । काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूको स्वतन्त्र समूह हो, जसले रोबोटिक्सको क्षेत्रबाट प्रविधिको अभावलाई पूर्ति गर्ने प्रयास गर्दै आइरहेको छ ।

यार्सा टेक आविष्कार रोबोटिक्स प्रदर्शनीमा छ ओटा मुख्य प्रतियोगिता हुने आयोजकले जनाएको छ । जसमा सरसफाइ रोबोट प्रतिस्पर्धा एक्वाबोट, विचारमा आधारित प्रतिस्पर्धा आइडियासन, हार्डवेयर ह्याकाथन, परियोजना प्रदर्शनी, रोबोटहरूको प्रतिस्पर्धा रोबो रेस र रोबोटहरूको युद्ध रहेका छन् ।

प्रदर्शनीमा ११ हजारभन्दा बढी दर्शक, ३०० भन्दा बढी प्रतिस्पर्धी, ८० भन्दा बढी परियोजना, ६० भन्दा बढी स्टल र ४५ भन्दा बढी कलेजहरूको उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १२:४९