close

एलन मस्कको ट्वीटर जस्तै अर्को सामाजिक सञ्जाल ल्याउँदै मेटा

टेकपाना टेकपाना

फागुन २७, २०७९ ८:५०

एलन मस्कको ट्वीटर जस्तै अर्को सामाजिक सञ्जाल ल्याउँदै मेटा

काठमाडौं । मेटाले एलन मस्क स्वामित्वमा रहेको ट्वीटरजस्तै छुट्टै माइक्रो ब्लगिङ प्लेटफर्म ल्याउने भएको छ । सीएनबीसीले लेखेको समाचार अनुसार मेटाले टेक्स्टमा आधारित एक डिसेन्ट्रलाइज्ड सोसल नेटवर्क ल्याउन लागेको हाे ।

प्रयोगकर्ता (क्रियटर, पब्लिक फिगर)ले यस प्लेटफर्ममार्फत कुनै पनि विषयमा आफ्नो धारणा शेयर गर्न सक्नेछन् । 'पी९२' कोडनेम दिएर सुरु भएको यो परियोजनाको नेतृत्व इन्स्टाग्राम प्रमुख एडम मेसोरीले गरेका छन् ।

खबर अनुसार प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम डिटेल प्रयोग गरेर यो सोसल नेटवर्क लगइन गर्न सक्छन् । यस परियोजनाबारे धेरै कुरा बाहिर आइसकेकाे छैन ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ ९:५५