close

फेसबुक मेसेन्जर जस्तै अब गुगल मेसेजमा पनि कन्ट्याक्ट फोटो देखिने

टेकपाना टेकपाना

चैत ११, २०७९ ११:०

फेसबुक मेसेन्जर जस्तै अब गुगल मेसेजमा पनि कन्ट्याक्ट फोटो देखिने

काठमाडौं । गुगलले पछिल्लो केही समयदेखि आफ्नो मेसेज तथा कन्ट्याक्ट एपलाई बढी प्राथमिकता दिइरहेको छ । जसको परिमाण स्वरुप यी एपमा नयाँ तथा आकर्षक अपडेट आइरहेका छन् ।

अब भने गुगल मेसेजमा छिट्टै मेसेन्जर जस्तै कन्ट्याक्ट इमेज देखिने भएको छ । यसअघि ग्रुप मेसेज, इमोजी रियाक्सन, अनलाइन च्याट फिचर ल्याएको कम्पनीले कन्ट्याक्ट इमेज फिचर ल्याउन लागेको हो ।

यसअघि नामको पहिलो अक्षर देखिएको स्थानमा सो फिचर उपलब्ध भएपछि प्रोफाइल फोटो देखिनेछ । उक्त फिचर यसअघि नै ह्वाट्सएप, मेसेन्जर जस्ता एपमा उपलब्ध भइसकेको छ ।

अहिले प्रयोगकर्ताको नामको पहिलो अक्षर राखेको ठाउँमा गुगलले कन्ट्याक्टमा रहेको प्रोफाइल फोटो लिने बताइएको छ । त्यस्तै अडियो कल तथा भिडिओ कलको आइकनसँगै सर्चको आइकन पनि समावेश हुनेछ ।

यसका माध्यमबाट प्रयोगकर्ताले पुरानो कुराकानी सर्च गर्नसक्ने कम्पनीको भनाइ छ । यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले फेसबुक मेसेन्जरको अनुभव पाउने अपेक्षा गरिएको छ ।

अहिले यो फिचर बेटा भर्सनमा उपलब्ध भएपनि स्टेबल भर्सनमा कहिले उपलब्ध हुन्छ भन्ने स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ ११:०