close

उडिरहेको जहाजभित्र टिकटक बनाउँदा हिमालय एयरलाइन्सका तीन कर्मचारी कारबाहीमा

टेकपाना टेकपाना

चैत १७, २०७९ १३:४३

उडिरहेको जहाजभित्र टिकटक बनाउँदा हिमालय एयरलाइन्सका तीन कर्मचारी कारबाहीमा

काठमाडौं । उड्दै गरेको हवाइजहाजभित्र टिकटक बनाउँदा हिमालय एयरलाइन्सका तीन कर्मचारी कारबाहीमा परेका हुन् ।

बिहीबार काठमाडौंदेखि दोहा जाने हवाइजहाजमा उडानका दौरान एयरलाइन्सका अन-बोर्ड क्याबिन क्रुका तीन जना कर्मचारीले टिकटक बनाएका थिए ।

सोही कसूरमा उनीहरूलाई कारबाही गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उडिरहेको जहाजमा क्रु मेम्बरले भिडिओ बनाउनु 'इनफ्लाइट सेफ्टी' नियम विपरीत हो ।
 

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १३:५४