close

जनकपुरधाममा सञ्चालित अवैध कल सेन्टरबाट २३ जना पक्राउ

टेकपाना टेकपाना

चैत २२, २०७९ १०:१९

जनकपुरधाममा सञ्चालित अवैध कल सेन्टरबाट २३ जना पक्राउ

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–१४, पिडारी चोकमा गैरकानुनी रूपमा सञ्चालनमा रहेको एक कल सेन्टरबाट ९० थान कम्प्युटरसहित २३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नौ महिला र १४ पुरुष रहेका छन् । गोरखापत्रमा प्रकाशित लेखका अनुसार सोमबार  साँझ  गोप्य  सूचनाको  आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापामारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार अवैध तबरले कामदार राखेर सूचनाका विभिन्न प्रविधिमार्फत व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाई गर्ने जस्ता गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

साथै प्रहरीले कल सेन्टरका मुख्य सञ्चालकको खोजी गरिरहेको छ । यस गिरोहमा काम गर्ने प्रायः २० देखि २८ वर्ष उमेर समूहका युवायुवती रहेका छन् । अवैध रूपमा विद्युतीय  कारोबारमार्फत  एक  देशमा  बसेर  अर्को  देशका नागरिकलाई विभिन्न एप बनाएर नाङ्गो तस्बिर आदानप्रदान गरी ठगी गर्दै आएको आरोप छ । 

पर्साको पकहा मैनपुर–५ बस्ने सत्यानन्द राम र धनुषाको सबैला घर भई जनकपुरधाम बस्दै आएकी सञ्जु साहले विगत तीन महिनादेखि दिलाजी आइटी कम्पनी काठमाडौँको नाममा अवैध कल सेन्टर चलाउँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 
 

पछिल्लो अध्यावधिक: चैत २२, २०७९ १०:१९