close

युवालाई सरकारले व्यावसायिक तालिम दिने, सस्तोमा बिउपुँजी दिन स्टार्टअप कोष स्थापना गर्ने

टेकपाना टेकपाना

चैत २३, २०७९ १९:४

युवालाई सरकारले व्यावसायिक तालिम दिने, सस्तोमा बिउपुँजी दिन स्टार्टअप कोष स्थापना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सञ्चालनका लागि सत्ता गठबन्धन दलले संयुक्त न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् ।

बिहीबार सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो साझा कार्यक्रम सार्वजनिक गरिन् ।

न्यूनतम साझा कार्यक्रममा देशमै व्यवसाय गर्न चाहनेलाई सहुलियतपूर्ण ब्याजदरमा बिउपुँजी उपलब्ध गराउने विषय पनि समेटिएको छ ।

सामाजिक रुपान्तरण’ शीर्षक अन्तर्गत बुँदा नम्बर १० मा भनिएकाे छ, ''ऊर्जाशील युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलताउन्मुख सीप, पुँजी र व्यावसायिक तालिम दिने र सहुलियतपूर्ण व्याजदरमा बिउपुँजी उपलब्ध गराउन स्टार्टअप कोष स्थापना गरिने छ ।''

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १९:५