काठमाडौं । बिग मार्टमा हरेक सामान खरिदको भुक्तानी स्मार्ट क्यूआरबाट गर्दा १० प्रतिशत छुट पाइने भएको छ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँगको सहकार्यमा यस्तो अफर ल्याएको हो ।
यसअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टका सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने र नयाँ वर्षका लागि सार्वजनिक अफर अन्तर्गत छुट प्राप्त गर्नसक्ने उल्लेख छ ।
अफर अन्तर्गत बिग मार्टका सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिटएप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आईक्यास तथा विभिन्न सहकारीका एपबाट पनि भुक्तानी गर्न सकिनेछ ।
साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म छुट प्राप्त गर्न सकिने छ ।