close

देशमै विश्वस्तरीय ईभी बनाउने टिम विदेशिएको हल्ला झुटो हो: यात्री

टेकपाना टेकपाना

बैशाख ९, २०८० १७:१६

देशमै विश्वस्तरीय ईभी बनाउने टिम विदेशिएको हल्ला झुटो हो: यात्री

काठमाडौं । नेपालमै पहिलो पटक विद्युतीय बाइक उत्पादन तथा बिक्री गर्ने कम्पनी यात्री मोटरसाइकल्सले आफ्नाे टिम विदेशिएको हल्ला झुटो भएको बताएको छ । फेसबुकमा एक पोस्ट गर्दै कम्पनीले संस्थापक टिम विदेशिएको कुरा झुटो भएको प्रष्ट पारेकाे हाे ।

"हामीले यात्री मोटरसाइकलका संस्थापकहरू विदेश गएको र नेपालमा विश्वस्तरीय उत्पादनहरू विकास गर्ने दृष्टिकोणलाई त्याग गरेको सम्बन्धमा भ्रामक समाचारहरू आएको पाएका छौं । यो सत्यभन्दा पर छ," फेसबुक पाेस्टमा भनिएकाे ।

सरकारले नेपालमा बनेका सवारी साधन दर्ता गर्न आवश्यक व्यवस्था नगरिदिँदा कम्पनीको उत्पादन करिब आठ महिनादेखि बन्द भएको कुरा बाहिर आएसँगै सामाजिक सञ्जालमा यो विषय बहसको विषय बनेको छ ।

यस विषयमा प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरूले आवाज उठाउँदै स्वदेशमा उत्पादित सवारीकाे प्रवर्द्धनका लागि कानूनी हिसाबले सम्बोधन गर्न सुझाएका छन् ।

यात्रीले आफ्ना शुभेच्छुकलाई धन्यवाद पनि दिएकाे छ । साथै आफ्नो उद्देश्यप्रति प्रतिबद्ध रहेको र आफूहरू यो लडाइँमा निरन्तर लडिरहने कम्पनीले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० १७:२४