close

विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन गर्न राष्ट्र बैंकको प्रभातफेरी

टेकपाना टेकपाना

बैशाख १६, २०८० १२:४६

विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन गर्न  राष्ट्र बैंकको प्रभातफेरी

काठमाडौं । नेपाल राष्ट्र बैंकले 'विद्युतीय भुक्तानी प्रभातफेरी - २०८०' कार्यक्रम सम्पन्न  गरेको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले शनिबार बिहान जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको सुरुवात गर्दै गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहन गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरेका थिए ।

आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिमा यस वर्षलाई 'विद्युतीय भुक्तानी प्रवर्द्धन वर्ष' को रुपमा मनाउने घोषणा गरिएको थियो । यसै अन्तर्गत राष्ट्र बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहिदगेट, जमल हुँदै दरबारमार्ग नै भएर बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० १२:४६